समृद्धिका लागी संघीय हिन्दू गणतन्त्रका आवश्यक : विनय यादव
समृद्धिका लागी संघीय हिन्दू गणतन्त्रका आवश्यक : विनय यादव

सिराहा २७ असार
सिराहाको गोलबाजार स्थित राष्ट्रिय एकता अभियानले हालै ‘संघीय हिन्दू गणतन्त्रका लागि राष्ट्रिय अभियान : एक परिचय’ शीर्षकमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमले वर्तमान समयको संवेदनशीलता, राष्ट्रिय पहिचानको रक्षा, र हिन्दू धर्म–संस्कृतिको संरक्षण सम्बन्धी गम्भीर बहसहरूलाई उजागर गर्दै नेपालको भावी संरचनाका लागि नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा अभियानका केन्द्रीय अध्यक्षले वर्तमान राजनीतिक, सामाजिक र सांस्कृतिक सन्दर्भमा ‘संघीय हिन्दू गणतन्त्र’ को आवश्यकता अपरिहार्य बन्दै गएको बताएका थिए। उहाँले समृद्ध नेपालको लागी पनि संघिय हिन्दू गणतंत्र आवश्यक रहेको बताये।नेपालमा हिन्दू सभ्यता, परम्परा र संस्कारको ऐतिहासिक गहिराई रहेको उल्लेख गर्दै भन्नुभयो, “आज नेपालमा धार्मिक र सांस्कृतिक पहिचानमाथि क्रमशः प्रहार भइरहेको छ। यस्तो अवस्थामा हिन्दूहरूको बहुलतालाई सम्मान गर्दै संघीय संरचना भित्र हिन्दू गणतन्त्रको परिकल्पना आजको आवश्यकता हो।”
अभियानका अध्यक्षले संघीय हिन्दू गणतन्त्रले मुलुकको बहुलतावादी चरित्रलाई झन् मजबुत बनाउने तर्क राख्दै भने, “नेपालमा विभिन्न जाति, भाषा, धर्मका समुदायहरू सहअस्तित्वमा छन्। तर, राष्ट्रिय एकताको मेरुदण्ड हिन्दू सभ्यता हो। यसलाई संवैधानिक मान्यता दिई संरक्षित गर्न आवश्यक छ।” उहाँले हिन्दू धर्मको आधारमा राज्य व्यवस्था हुनु भनेको अन्य धर्मलाई अपमान गर्नु नभइ धार्मिक स्वतन्त्रता कायम राख्ने दायित्व पूरा गर्नु भएको तर्कसमेत राख्नुभयो।
कार्यक्रममा स्थानीय समाजसेवी दीपक अग्रवाल, राजेन्द्र गुप्ता इंजिनियर प्रमोद राउत लगायतको विशेष उपस्थिति रहेको थियो। उनीहरूले राष्ट्रिय एकता अभियानले उठाएका विचार र दृष्टिकोणको समर्थन गर्दै नेपालमा हिन्दू गणतन्त्रको खाका तयार गर्न पहल आवश्यक रहेको बताए। अग्रवालले नेपालको मौलिक सभ्यताका आधारमा राज्य व्यवस्था पुनर्संरचना गर्नुपर्नेमा जोड दिए भने यादवले युवा पुस्तालाई हिन्दू मूल्य–मान्यताको जगेर्नामा अगाडि बढ्न आह्वान गरे।
राष्ट्रिय एकता अभियानले संघीय संरचनासँगै हिन्दू पहिचान र राष्ट्रको असली स्वरूप जोगाउनका लागि देशव्यापी बहसको आवश्यकता रहेको निष्कर्ष निकाल्दै, आगामी दिनमा विभिन्न प्रदेशमा यस्ता कार्यक्रमहरू निरन्तर चलाउने योजना बनाएको जनाएको छ।
कार्यक्रम अन्त्यमा उपस्थित सबैलाई हिन्दू राष्ट्रका लागि सचेतना फैलाउने शपथ गराइएको थियो। कार्यक्रमले राष्ट्र, धर्म र संस्कृतिप्रतिको प्रतिबद्धता पुनः उजागर गराउँदै राष्ट्रिय एकताको सन्देश सम्प्रेषण गरेको छ।कार्यक्रममा अभियानका केंद्रीय उपाध्यक्ष एबं संबिधान सभा सदस्य भूपेंद्र चौधरीले सम्बोधन गर्नु भएका थिए भने । केंद्रीय सदस्य एबं दलित बिभाग प्रमुख जीतेन्द्र दासले कार्यक्रम संचालन गरेका थिए।






