जनमत पार्टीका असन्तुष्ट समूहमाथि आक्रमणको प्रयास

जनमत पार्टीका असन्तुष्ट समूहमाथि आक्रमणको प्रयास

असार २९ बारा

पार्टी सुदृढीकरण तथा जनसम्बाद यात्रामा निस्केका जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक कुमार साह, कोषाध्यक्ष सुरेन्द्र यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सुनारमाथि आक्रमणको प्रयास भएको छ ।

संगठनको नेताकार्यकर्ता सहित खाना खाएर सम्बाद कार्यक्रममा जान लागेका बेला बिहान ११ बजे बारा जिल्लाको महागढीमाई नगरपालिका -३, दहियारमा डा. सिके राउतका निकट विकास सिंहले उनीहरूमाथि प्रज्वलनशिल पदार्थ गाडीभित्रै फालेका छन् । आफूहरुमाथि डा. सिके राउतले ज्यान मार्ने उदेश्यले पार्टीभित्रकै केही गुन्डाहरु परिचालित गरेको आरोप साहको छ ।

उनले भने, हामी सुरक्षित छौ । त्यस्तो क्षति भएको छैन । हामी डराएर अभियानबाट भाग्ने छैन हाम्रो मृत्यु पश्चात् अभियान जारी रहनेछ । किनभने हामीले मृत्यु दस्तबेजमा हस्ताक्षर गरेर यो अभियानमा निस्केको छु । मृत्यु देखि प्रवाह छैन । आम जनताले डा. सिके राउत कस्ता डाक्टर हुन भनेर कर्तुत थाहा पाउन जनतासँग अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।