भोजपुरी कलाकार पासवानको जन्मदिनमा अनाथ आश्रममा नगदसहित शैक्षिक सामग्री वितरण

भोजपुरी कलाकार पासवानको जन्मदिनमा अनाथ आश्रममा नगदसहित शैक्षिक सामग्री वितरण

कलैया ३१ असार

भोजपुरीकी चर्चित कलाकार प्रिति पासवानले आफ्नो जन्मदिनको अवसरमा बाराको कलैया उपमहानगरपालिका–४ मा रहेको अमृता अनाथ आश्रममा नगद १३ हजार रुपैयाँसहित खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेकी छिन्। उनी २३ औं वर्ष पार गरि २४ औं वर्षमा प्रवेश गरेकी छिन् ।

मंगलवार जन्मदिनको अवसरमा आयोजित विशेष कार्यक्रममा उनले चामल २ बोरा,मिठाई, पेन,कापी,सिसाकलम,ईरेजर,कटरलगायतका सामाग्रीहरू हस्तान्तरण गरिन्। साथै आश्रमका बालबालिकाका लागि एक दिनको बिहानको खाजा र भोजनको समेत व्यवस्था गरिएको उनले जानकारी दिइन्। शैक्षिक सामग्री तथा खाद्यान्न अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेतलाई हस्तान्तरण गरिएको थियो।

कलाकार पासवानले सामाजिक सेवामा सधैं सक्रिय रहने बताउँदै आगामी दिनमा समेत आश्रमप्रति निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

अध्यक्ष बस्नेतले यस्ता कार्यहरूले बालबालिकामा सकारात्मक ऊर्जा थप्ने बताउँदै कलाकार पासवानप्रति आभार व्यक्त गरिन्।

उक्त कार्यक्रममा प्रिति पासवानकी आमा सुगान्धी देवी पासवान,पिन्की पासवान,पासवानको टिम तथा आश्रमका बालबालिका सहभागी थिए। संभार: साझेदारी दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।