शिक्षक ,शिक्षिका र कर्मचारी हरु को सम्मान कार्यक्रम मा ११४ वर्ष को जेष्ठ नागरिक लाई गा.पा अध्यक्ष गुप्ता ले गरे सम्मानित
शिक्षक ,शिक्षिका र कर्मचारी हरु को सम्मान कार्यक्रम मा ११४ वर्ष को जेष्ठ नागरिक लाई गा.पा अध्यक्ष गुप्ता ले गरे सम्मानित

लालबाबु बानिया
पर्सा २ सावन
पर्साको कालिकामाई गाउँपालिका ले अाज गाउँपालिका अध्यक्ष द्वारा सामुदायिक बिधालय का शिक्षक,शिक्षिका र कर्मचारी हरु लाई सम्मान कार्यक्रम सम्पन्न भएको छ।
शिक्षक ,शिक्षिका र कर्मचारी हरु लाई सम्मान कार्यक्रम एक कार्यक्रम का बिच प्रमुख अतिथि रहनुभएका गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ता ले दिप बालेर र सरस्वती माता को फोटो मा अबिर माला चढाएर उद्घाटन गर्नु भएको थियो।
उद्घाटन गर्दै अध्यक्ष गुप्ता ले भने मलाई गर्भ लागिरहेको छ म आफ्नो पालामा शिक्षक हरु लाई सम्मान गरिरहेको मा आफु भाग्यशाली ठानी निरहेको छु। शिक्षा को बिकास को लागि म आफै शिक्षक हरु संग सलाह सुझाव लिएर अगाडि बढेका छौ।किन कि मेरो जनप्रतिनिधि र कार्यकर्ता हरु भन्दा बढि शिक्षा को बिकासमा बिधालयका प्रअ र शिक्षक हरु संग सलाह सुझाव लिएर अगाडि बढेको छु।
शिक्षा को बिकास को लागि शिक्षक हरु लाई के गर्नु पर्छ ,कसरी गर्नु पर्छ, के गरेपनी शिक्षक र बिधालय हरुमा सुधार हुन्छ जहिले पनि शिक्षक हरु संग को सलाह सुझाव को कारण आज कालिकामाई गाउँपालिका मा पाँच वटा माध्यमिक बिधालय सचालन मा अाएको छ। कति माध्यमिक बिधालय मा पल्स टु संचालन गरिएको छ। सामुदायिक बिधालय हरु मा बिधालय भवन , शौचालय ,डेक्स ब्रेन्च र स्वमसेवक शिक्षक को ब्यवस्थापन गरेको छु।
अहिले मात्र शिक्षक हरु को कमिकमजोरी देखाईरहेकाछन कि शिक्षक हरु ले बिधालय हरुमा राजनितीक मात्र गरिरहेका छन,र एउटै बिधालय हरु मा दस वर्ष देखि बसिरहेका कारण बिधालय मा पठन पाठनमा समस्या देखिएको गुनासा हरु आउछन तर नेपाल सरकार को अलग निति का कारण बिधार्थी हरु फेल गर्ने छैन ।
त्यसै कारण बिधालय हरु मा समस्या देखिएको छ। यसमा अविभावक हरु को पनि कमिकमजोरी छ। अविभावक हरु आफ्नो बच्चा हरु लाई केयर गर्दैन कि मेरो बच्चा बिधालय गयो कि गएन कहिलेकाही बच्चा हरु शिक्षक हरु संग झगडा गरिदिने गर्छ। आफ्नो छोराछोरी माथी निगरानी गर्नु गा.पा अध्यक्ष गुप्ता को जोड रहेको थियो।
बेस त्यार हुदैन भने माथीलो कक्षा मा गएर कसरी पास हुन्छ त्यसा मा ध्यान दिन जरुरी रहेको गा.पा अध्यक्ष गुप्ता ले बताए । अध्यक्ष गुप्ता ले भने शिक्षा को बिकास मा लागि गर्ने लगानी गरिने हाम्रो काम हो पढाउने शिक्षक र पढने बिधार्थी हरु को काम हो । गाउँपालिका अध्यक्ष द्वारा सामुदायिक बिधालाय का शिक्षक,शिक्षिका र कर्मचारी हरु को सम्मान कार्यक्रम मा ११ वटा बिधालय का १४० जना शिक्षक, शिक्षिका र कर्मचारी हरु लाई गाउँपालिका अध्यक्ष गुप्ताले गमछा ओढाई बैंग,डायरी ,कलम , प्रमाण-पत्र दिएर सम्मानित गर्नु भएको थियो। कार्यक्रम मा नेरामाबी कटी का प्रअ ईन्द्रदेव कुर्मी ले भने सम्मान बाट धेरै खुशी लागेको सबै संस्था का कर्मचारी हरु सम्मानित हुन्छ तर शिक्षक हरु किन सम्मानित हुदैन, सोरह वर्ष देखि सोची रहेको थिए तर आज गाउँपालिका ले सम्मानित गरेको मा आफु गर्भसालि नै ठानिरहेको छु। यो सम्मान ले शिक्षक हरु मा उर्जा र उत्साह बढाएको मा गाउँपालिका परिवार लाई बधाई समेत दिएका छन।
नेपाल शिक्षा महासंघ का सचिव बिनोद गिरि ले भने शिक्षक हरु ले बिधार्थी हरु लाई आफ्नो घर परिवार को छोराछोरी जस्तो मानेर पठन पाठन गराउन अाग्रह गर्नु भएको छ।शिक्षक हरु ले ईमान्दारी पुर्वक सेवा दिनु हुन्छ भने मेवा अवस्य पाउनु हुन्छ मेहनत को फल जहिले पनि मीठो हुन्छ।
सम्मान कार्यक्रम श्रीजनता माबी मुडली मा भएको कार्यक्रम शिक्षक शाखा प्रमुख हिमान्सु भट को अध्यक्षतामा सम्पन्न भएको छ।कार्यक्रम मा वडाअध्यक्ष लालबाबु चौरसिया ,जयनारायण पटेल, सोनालाल चौरसिया, नेपाल शिक्षक महासंघ का सचिव बिनोद गिरी ,श्री नेरामाबी कटी का प्रअ इन्द्रदेव कुर्मी ,कन्या माबी का प्रअ रामबच्न प्रसाद,नेपाल रेडक्रस अधारभुत बिधालय का अब्बास मियाँ ,लगायत ले शुभकामना मन्ब्य दिनुभएको थियो।
कार्यक्रम मा कटी गाउँ निवासी ११४ वर्ष का जेष्ठ नागरिक ढोडा महतो चौहान लाई गाउँपालिका अध्यक्ष बशिष्ठ गुप्ता ले दोसाला ओढाएर माया को चिनो सहित सम्मानित गरेका थिए।कार्यक्रम संचालन शिक्षक सुधन गौतराज ले गर्नु भएको थियो।





