नेपाल जनता पार्टी द्वारा अगुवा कार्यकर्ता भेला सम्पन्

नेपाल जनता पार्टी द्वारा अगुवा कार्यकर्ता भेला सम्पन्

बीरगंज ३ सावन

नेपाल जनता पार्टी पर्सा जिल्ला समिति द्वारा आज बीरगंजमा आयोजित अगुवा कार्यकर्ता भेला सम्पन् गरेको छ। हिन्दू राष्ट्र स्थापना हेतु हुने आन्दोलनमा नेजपाको भूमिका, मिशन २०८४ चुनाव, संगठन विस्तार बारे अगुवा कार्यकर्ता भेलामा व्यक्ताहरुले आ-आफ़नो विचार व्यक्त गरेका थीए। हिन्दू राष्ट्र नेपाल स्थापना एवं सनातन धर्म रक्षाको लागी नेज़पा संघर्षरत पार्टी हो।

नेजपा केन्द्रीय वरिष्ठ नेता संतोष पटेलले भने हामी सम्पूर्ण शक्तिहरु संग सहकार्य गर्ने छौ आगामी दिनमा बृहत मोर्चा निर्माण गरी अगाड़ी बढ़ने छौ। धर्म निरपेक्षताको आड़मा हिन्दू समाज लाई शोषण गर्ने काम भई रहेको बताए। हिन्दू समाजको लागी गौ हत्या, जब जिहाद, धर्म परिवर्तन, सनातन धर्म माथी आक्रमण जस्ता उदाहरणहरु प्रयाप्त छन।

नेजपा पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय वरिष्ठ नेता संतोष पटेल, केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जयसवाल, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी, पारस दुबेदी, प्रहलाद कलवार, अरुण चौधरी, रौतहट जिल्ला अध्यक्ष मनोज पटेल, बारा जिल्ला महामंत्री कमलेश सहनी, पर्सा जिल्ला मंत्री आनन्द सिंह कुर्मी, प्रमोद शर्मा, कोषाध्यक्ष राजेश साह कलवार, सह-कोषाध्यक्ष संतोष कुशवाहा, जिल्ला कार्य समिति सदस्यहरु अंशु कुमार प्रजापति, मधुसूदन ठाकुर लोहार, सुमंत कुमार दीप, मुना साह तेली, वरिष्ठ सल्लहकार सच्चितानंद गिरी, हनुमान दास, महिला मोर्चा पर्सा जिल्ला संयोजक संगीता गुप्ता, बहदुरमाई नगरपालिका अध्यक्ष किष्किंधा कलवार सहितको अगुवा कार्यकर्ता सहभागी रहेका थीए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।