रौतहटमा सवारी चेकजाँचको क्रममा १३३ केजी गाँजा बरामद

रौतहटमा सवारी चेकजाँचको क्रममा १३३ केजी गाँजा बरामद

रौतहट ६ साउन /प्रेमचन्द्र झा

गरुडा नगरपालिका–४ स्थित चपुर–गौर सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय गरुडाका अनुसार चपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६ नम्बरको रातो रङको कार चेकजाँचको क्रममा प्रहरी देखेपछि चालकले सवारी साधन लिएर भाग्न खोज्दा झाझपुल नजिकै सडकमै रहेको खाल्टोमा झरेको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले गाडीको डिक्की जाँच गर्दा १३ वटा प्लास्टिकका पोकामा लुकाइ छिपाई राखिएको करीब १३३ केजी गाँजा फेला पारेको हो।

घटनापछि चालक फरार भएका छन् भने उक्त गाडी र बरामद गाँजा इलाका प्रहरी कार्यालय, गरुडाको नियन्त्रणमा राखिएको छ। फरार चालकको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिनुभयो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।