सनलाईट कलेजमा आईसक्रिम मेला सम्पन्न, करिब ८० हजारको कारोबार

वीरगंज १८ साउन । वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा रहेको सन लाईट कलेजमा एक दिने आईसक्रिम मेला सम्पन्न भएको छ ।
सनलाईट ईनोभेसन क्लबको आयोजनामा कलेजका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पढदै कमाउदै अभियान अन्र्तगत विद्यार्थीहरुले कलेज परिसरमा आईसक्रिम मेला लगाएका थिए । मेलामा कक्षा ११ र १२ का विद्यार्थीहरुले बाहिरबाट अलग–अलग स्वादको आईसक्रिमको स्टल राखी विक्री गर्दा करिब ८० हजारको कारोबार भएको क्लबका ईभेन्ट म्यानेजमेन्ट आसिका गुप्ताले बताईन । सो मेलामा सनलाईट स्कूल र कलेजका विद्यार्थी एवं अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
सनलाईट ईनोभेसन क्लबका अध्यक्ष सागर कुमार श्रीवास्तवको अध्यक्षतामा सम्पन्न सो मेलाको प्रमुख अतिथि प्याबसन मधेश प्रदेशका उपाध्यक्ष पुरन प्रधानले विद्यार्थीहरुलाई पढाईको साथै व्यवसायिक सिप विकासको लागि यो मेला फलदायी हुने विश्वास व्यक्त गरे । प्रमुख अतिथि प्रधानले कलेज मातहत गठित क्लबलाई बधाई दिदै कलेजलाई आउने दिनमा पनि यस्ता किसिमका व्यवसायिक मेला आयोजना गर्न सुझाएका थिए ।
सो मेलामा विशिष्ट अतिथिहरु प्याबसन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, कोषाध्यक्ष सुरजबाबु पटेल, प्याबसन पर्साको सल्लाहकार हरिश्याम ठाकुर, कलेजका डाईरेक्टर डिके चौरसिया, प्रिन्सिपल आलोक चौरसिया, क्लबका फाउन्डर रंगराजन चौरसिया, स्किल म्यानेजर रेडम बानिया क्षेत्री, वेलविसर निरन्जन पाल लगायतकाले आ–आफ्ना शुभकामना मनतव्य राखेका थिए ।
सो अवसरमा क्लबका उपाध्यक्ष श्रुती सोनी, सचिव शिवरमण कुशवाहा, कोषाध्यक्ष मुस्तुफा अंसारी, क्लबका बिनायक चौरसिया, प्रतिभा काफ्ले, रवि चौरसिया, प्रेम कुमार, बिटु महतो, शिवम श्रीवास्तव, गुन्जन दारुका लगायतका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।






