नेपाल जनता पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक काठमांडूमा सम्पन्
नेपाल जनता पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक काठमांडूमा सम्पन्

काठमांडू १८ श्रावण
नेपाल जनता पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक काठमांडूमा सम्पन् भएको छ। केन्द्रीय अध्यक्ष त्रिभुवन नाथ पाठकको सभापतित्वमा भएको बैठकमा नेजपाका केन्द्रीय पदाधिकारीहरुले संगठन विस्तार, मिशन २०८४, हिन्दू राष्ट्र शक्तिहरु संग बृहत मोर्चा निर्माण, आन्दोलनका कार्य बारे बृहत चर्चा,संघीय सांसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु लाई देशको आवश्यकता बारे ध्यानाकर्षण गराउने, प्रदेश सम्मेलन, प्रशिक्षण, केन्द्रीय कार्य समिति बैठक सम्बन्धमा, पदाधिकारीहरु लाई थप जिम्मेवारी बारे छलफल, तीन तहमा बृहत पार्टी प्रवेश कार्यक्रम लाई तीव्रता दिने, बृहत सदस्यता वितरण अभियान संचालन गर्ने लगाएतको विषयमा व्यापक छलफल र चर्चामा सबै पदाधिकारीले आ-आफ़नो विचार खुलेंर राखेका थिए।
नेजपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा केन्द्रीय अध्यक्ष त्रिभुवननाथ पाठक, वरिष्ठ नेता संतोष पटेल, वरिष्ठ उपाध्यक्ष ख़ेमनाथ आचार्य, उपाध्यक्ष ओमप्रकाश जयसवाल, महामंत्री नारायण सापकोटा, मंत्री जयनाथ यादव, सह-कोषाध्यक्ष हीरा देवी घिमिरे,मार्गनिर्देशक उद्धव कुमार घिमिरे, आमंत्रित रामप्रसाद कुर्मी सहितको सहभागी रहेको थीयो।
बैठकले लुम्बिनी प्रदेश प्रभारीमा नेजपा केन्द्रीय वरिष्ठ नेता संतोष पटेल, बागमती प्रदेश प्रभारीमा नेजपा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ख़ेमनाथ आचार्य, कोशी प्रदेश प्रभारीमा नेजपा केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जयसवाल, मधेश प्रदेश प्रभारीमा नेजपा केन्द्रीय मंत्री जयनाथ यादव लाई चयन गरेको छ। प्रभारी लाई आफनो प्रदेशमा संगठन विस्तार सहित अन्य सबै कार्यको लागी निदेशन गरेको छ।
नेपाल जनता पार्टी केन्द्रीय कार्य समितिको बैठक २०८२ साल भाद्र महीनामा लुम्बिनी प्रदेशमा गर्ने निर्णय गरेको छ। केन्द्रीय समिति बैठकले नेजपाको केन्द्रीय ब्रांड एम्बेसटर र हिन्दू राष्ट्र नेपाल स्थापना हेतु केन्द्रीय आन्दोलन परिचालन समिति गठन लगाएंतको अन्य महत्वपूर्ण विषयमा व्यापक छलफल गर्ने गरी निर्णय गरीयो।
युवा मोर्चा र पत्रकार संगठनको केन्द्रीय तदर्थ समिति घोषणाको सम्पूर्ण तैयारी गर्न नेजपा केन्द्रीय वरिष्ठ नेता संतोष पटेल र केन्द्रीय मंत्री जयनाथ यादव लाई चयन गरेको छ।
संघीय सांसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एवं नेपाल सरकारका प्रमुख अंग लाई देशको आवश्यकता बारे ध्यानाकर्षण गराउनको लागी नेज़पा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ख़ेमनाथ आचार्य लाई जिम्मेवारी दिएको छ।
नेजपा केन्द्रीय सम्पर्क कार्यलय काठमांडूको सम्पूर्ण कागजी कार्य एवं समन्वय कारी भूमिका निर्वाह गर्नको लागी नेजपा केन्द्रीय महामंत्री नारायण सापकोटा लाई जिम्मेवारी दिएको छ।
नेपाल जनता पार्टी केन्द्रीय समितिमा रहेका सम्पूर्ण लाई आ-आफनो गृह जिल्लामा बलियों संगठन निर्माण गरी तीन तहको निर्वाचन र मिशन २०८४ को तैयारीमा लागन बैठकले सबै लाई निर्देशित गरेको छ।
नेपाल जनता पार्टी केन्द्रीय कार्य सम्पादन समितिमा केन्द्रीय पदाधिकारी र आमंत्रित व्यक्ति मात्र सहभागी हुने व्यवस्था विधानले गरेको छ।






