भाेक्राहा दुर्घटनामा ४ काे मृत्यु

भाेक्राहा दुर्घटनामा ४ काे मृत्यु

बिराटनगर २६ साउन

प्रहरीका अनुसार मृत्यु हुनेमा ३ पुरूष र १ महिला रहेका छन् । ग्लाेंबल कार्डियाें न्यूराे अस्पताल भाेक्राहामा ३ जना पुरूषकाे शव राखिएकाे छ ।

अस्पतालका अनुसार मृत्यु हुनेमा काेशी गाउँपालिका ६ काे लक्ष्मण सदा र महादेवा गाउँपालिका सप्तरी काे शंकर मण्डल रहेका छन । थप एकजना पुरूषकाे भने पहिचान खुलिसके काे छैन ।

ग्लाेंबल कार्डियाेंमा १२ जनाकाे उपचार हुँदै छ। जसमध्ये ३ जना आई सि यु र अन्य ९ जनाकाे जेनरल वार्ड उपचाररत छन् । मृत्यु हुने मध्ये १ जना महिलाकाे शव इनरूवा अस्पतालमा राखिएको छ ।

इनरूवा अस्पतालका अनुसार उपचारका लागि ल्याइएका मध्ये ३ जनालाई गाेल्डेन अस्पताल रेफर गरिएकाे छ । सुनसरी प्रहरीका अनुसार घटनामा जम्मा २८ जना घाइते भएका छन । ३ जनाकाे डिस्चार्ज भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।