पारदर्शी , सुशासनमा कुनै सम्झौता हुदैन:प्रशासकीय प्रमुख अधिकृत यादव

पारदर्शी , सुशासनमा कुनै सम्झौता हुदैन: प्रशासकीय प्रमुख अधिकृत यादव

रौतहट २६ साउन

फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले नगरमा पारदर्शिता र सुशासनका आधारमा कार्य सम्पादन हुँदै आएको दाबी गरेका छन। नगरपालिका कार्यालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि नगरपालिकाको कार्यालयमा दैनिक रूपमा प्रमुख प्रशासकीय अधिकृत स्वयं उपस्थित रही कामकाज गरिरहेको जनाइएको छ।

प्रमुख प्रशासकीय अधिकृत यादवले भने, “नगर सभाबाट स्वीकृत कार्यक्रमहरू जनप्रतिनिधि तथा स्थानीय नागरिकको सहभागितामा सम्बन्धित वडामा नै पारदर्शी ढंगले सञ्चालन भएका छन्। कर्मचारीको हाजिरी तथा जिम्मेवारी पनि नगर सभाको निर्णय र आवश्यकताअनुसार गरिएकाे बताए ।

नगर प्रमुखको कार्यवाहक जिम्मेवारी सम्हालिरहनु भएकी अमवेया खातुन तथा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवसहित नगरका अन्य कर्मचारीहरूमाथि उठाइएका आरोपहरूमा कुनै सत्यता नरहेको जनाउँदै नगरपालिकाले स्पष्टीकरण दिएको हो।

त्यस्तै सार्वजनिक खरिद, बजेट खर्च र टेन्डर प्रक्रियामा पनि कानुन अनुसारको कार्य भएको बताउँदै, कुनै प्रकारको व्यक्तिगत लाभ वा अनियमितता नगरेको दाबी गरिएको छ।

योजना शाखासम्बन्धी उठाइएको प्रश्नमा, यादवले योजना प्रमुख विल्टु राय यादव कार्यालयमा नियमित रूपमा नआएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाले जिम्मेवारी नदिइएको बताए। उनले थपे, “नगरको विकास योजना रोक्न नपरोस् भन्ने हेतुले रामाशंकर यादवलाई जिम्मेवारी दिइएको बताए ।
फतुवा विजयपुर नगरपालिकाको कार्यपालिकाले हालै स्थानीय पत्रपत्रिकाहरूमा प्रकाशित भएका केही समाचारहरूलाई भ्रामक र आधारहीन ठहर गर्दै प्रेस विज्ञप्ति मार्फत खण्डन गरेका छन।

सवारी चालक, इन्धन वितरण तथा सेवा सुविधा सम्बन्धी आरोपमा पनि आधार हिन रहेको दाबी गर्दै यादवले भने, “कुनै अतिरिक्त कर्मचारी वा अनावश्यक खर्च नगरिएको छ। सरकारी सवारीको प्रयोग कानुन बमोजिम भएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।