मुख्यमन्त्री जितेन्द्र सोनल लाई लोसपा को केन्द्रीय पार्टी कार्यालयमा भव्य स्वागत सम्मान

मुख्यमन्त्री जितेन्द्र सोनल लाई लोसपा को केन्द्रीय पार्टी कार्यालयमा भव्य स्वागत सम्मान

काठमाडौं १ कार्तिक

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल लाई आज काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष सम्मान कार्यक्रमका साथ स्वागत गरियो ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मधेश आन्दोलनमा सोनलले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिँदै, अहिले सरकारको नेतृत्व मार्फत जनताको अधिकार संस्थागत गर्न उहाँको अग्रसरता उल्लेख गरियो ।

कार्यक्रममा नेताहरू, संघीय लोकतान्त्रिक मोर्चाका प्रतिनिधिहरू, कार्यकर्ता र शुभेच्छुक हरूको उल्लेख्य उपस्थिति रहेको थियो। वीर शहिद प्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेश आन्दोलनलाई प्रेरणाको श्रोतका रूपमा स्मरण गरियो ।

मुख्यमन्त्री सोनलले जनताको विश्वासको कदर गर्दै विकास, समावेशिता र सामाजिक न्यायमा आधारित शासन प्रणाली निर्माणमा आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए ।

मधेशको इतिहास, वर्तमान राजनीतिक परिस्थिति र भावी दिशा माथि चर्चा हुने यस्ता कार्यक्रमले आन्दोलनका मूल्य र नेतृत्वको उत्तरदायित्व स्मरण गराउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।