COMMON GEN-Z NEPAL ले सातै प्रदेशमा तोक्यो इन्चार्ज र संयोजक

काठमाडौं, २३ कात्तिक । COMMON GEN-Z NEPAL राष्ट्रिय भेलाले सातै प्रदेशमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेका छ ।
COMMON GEN-Z NEPAL का राष्ट्रिय अध्यक्ष विकेश साहले आज (आइतबार) विज्ञप्ती जारी गर्दै राष्ट्रिय भेलाले गरेको निर्णय सार्वजनिक गरेका छन् ।
राष्ट्रिय अध्यक्ष साहका अनुसार उपत्यका विशेष प्रदेशको इन्चार्जमा साहिल साह र संयोजकमा समृद्धि रेग्मी, कोशी प्रदेशको इन्चार्जमा सुशिल पासवान र संयोजकमा नविन साह, मधेस प्रदेशको इन्चार्जमा रविन्द्र यादव र संयोजकमा प्रदिप साह, बागमती प्रदेशको इन्चार्जमा विकास झा र संयोजकमा प्रसुन्ना आचार्य रहेका छन् ।
यसैगरी, गण्डकी प्रदेशको इन्चार्जमा मुस्कान घले र संयोजकमा रितिका परियार, लुम्बिनी प्रदेशको इन्चार्जमा विकेश यादव र संयोजकमा पवन साह, कर्णाली प्रदेशको इन्चार्जमा प्रिन्स साह र संयोजकमा सोनिया पटेल र सुदुरपश्चिम प्रदेशको इन्चार्जमा दिपेन्द्र सिंह कुँवर र संयोजकमा राजन साहलाई जिम्मेवारी तोकिएको छ ।
राष्ट्रिय भेलाले अन्तरिम संविधान र जेनजी नेतृत्वमा नयाँ सरकार गठनको माग गरेको छ । ⁠जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने, ⁠जेनजी आन्दोलनकारीमाथिको धरपकड बन्द गर्नुपर्ने, ⁠निकास र विकासमा असफल सुशीला कार्की सरकार तुरुन्त विघटन गर्नुपर्ने, ⁠जेनजीमाथि मुद्धा लगाउने निकम्मा गृहमन्त्री ओमप्रकाश अर्यालले राजिनामा दिनुपर्ने, ⁠जेनजी आन्दोलनका शहिद, घाइते परिवारलाई रोजगारी दिनुपर्ने, ⁠जेनजी आन्दोलनका घाइतेको उपचारमा भइरहेको हेलच्क्रयाई बन्द गर्नुपर्ने लगायतका माग भेलाले गरेको छ ।
यि माग पुरा गराउनका लागि विभिन्न संघर्षका कार्यक्रम समेत सार्वजनिक गरिएको छ । जेनजी आन्दोलनसंग भएको धोखा बारेमा देशैभरी भण्डाफोर अभियान गर्ने, ⁠जेनजी हत्यारा केपी ओली, रमेश लेखकलाई गिरफ्तारका लागि जनदबाब सृजना गर्ने, ⁠जेनजी आन्दोलनकारीमाथि भइरहेको धरपकडको प्रतिकार गर्ने, ⁠जेनजी आन्दोलनका हत्यारालाई एक हप्ताभित्रमा कारबाही नगरे गृहमन्त्रीलाई ऐरियाबन्दी गर्ने निष्कर्ष भेलाले गरेको अध्यक्ष साहले जनाएका छन् ।
यस्तै राष्ट्रिय भेलाबाट भएको निर्णय, निष्कर्ष एवं आफ्ना धारणा सार्वजनिक गर्ने उदेश्यले COMMON GEN-Z NEPAL ले सोमबार रिपोर्टर्स क्लब भृकुटीमण्डप, काठमाडौंमा पत्रकार सम्मेलन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।