प्र.म कार्कीको अभिव्यक्ति प्रती गम्भीर ध्यानाकर्षण, सार्वजनिक माफीनामाको माग
प्र.म कार्कीको अभिव्यक्ति प्रती गम्भीर ध्यानाकर्षण, सार्वजनिक माफीनामाको माग

काठमाडौँ, ११ मंसिर
नेपाली कम्युनिस्ट पार्टीका मुस्लिम मुक्ति मोर्चा, मधेश प्रदेश अध्यक्ष राज खानले प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम समुदाय बारे दिएको अभिव्यक्ति प्रति कडा आपत्ति जनाएका छन्।
खानका अनुसार, नेपालको इतिहासकै पहिलो महिला प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीशको रुपमा कार्कीले सार्वजनिक रुपमा व्यक्त गरेको धारणा मुस्लिम समुदायको इतिहास, संस्कार तथा यथार्थ प्रति अपमानजनक र असंवेदनशील रहेको छ।
खानले भने, “कांग्रेस, एमाले र माओवादीका धेरै प्रधानमन्त्री बने, तर आजसम्म मुस्लिम समुदायलाई आघात पुग्ने अभिव्यक्ति कसैले दिएको थिएन।” उनले मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्न देशले अघि बढाउँदै आएको इतिहासलाई स्मरण गर्दै प्रधानमन्त्री कार्कीको अभिव्यक्ति संविधानसम्मत नभएको आरोप लगाए।
उनका अनुसार वर्तमान सरकार गठन हुँदा मुस्लिम समुदायलाई समेत उचित स्थान दिन नसक्नु र अब खुलेर समुदायमाथि टिप्पणी गर्नु प्रधानमन्त्रीको उत्तरदायी चरित्र विपरीत रहेको छ।
खानले चेतावनी दिँदै भने, “प्रधानमन्त्रीले तत्काल सार्वजनिक माफी नमागे, हामी कानुनी उपचार खोज्न बाध्य हुनेछौँ।”
यससँगै उनले धर्मसम्बन्धी संवेदनशील बिषयमा बोल्नु अघि पर्याप्त अध्ययन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। इस्लाम धर्मले महिलालाई उच्च सम्मान प्रदान गर्ने भन्दै उनले समुदायको इतिहास नबुझी टिप्पणी गरिएको आरोप लगाए।






