पर्सामा हिन्दु पत्रकार संघ गठन, अध्यक्षमा रौनियार
पर्सामा हिन्दु पत्रकार संघ गठन, अध्यक्षमा रौनियार

वीरगन्ज ६ पुस
पर्सा जिल्लामा हिन्दु पत्रकार संघको जिल्ला कार्यसमिति गठन गरिएको छ। आइतबार वीरगन्जमा सम्पन्न पत्रकारहरूको भेलाबाट राजन रौनियारको अध्यक्षतामा संघ गठन गरिएको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता, सचिवमा राजकुमार सर्राफ तथा कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन्। सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, संजय कुशवाहा, रवि बर्णवाल, राकेश साह, राजु बैठा, रश्मिराज भण्डारी, अजय चौरसिया, त्रिलोकी पटेललगायत रहेका छन्।
भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्र र नेपाल प्रेस युनियनका अजय साहलगायतको उपस्थिति रहेको थियो।






