जेन्जी आन्दोलनपछि भारत–नेपाल सम्बन्धबारे विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेन्जी आन्दोलनपछि भारत–नेपाल सम्बन्धबारे विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर ६ पुस

जेन्जी आन्दोलनपछि भारत–नेपाल सम्बन्धका विषयमा लक्ष्मीनिया युवा क्लबद्वारा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित नेपाल पत्रकार महासंघको सभा हलमा आयोजित कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष नितेश शाहले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री जयराम यादव रहेका थिए भने विशिष्ट अतिथिका रूपमा अररिया नगर परिषद्का उपमेयर गौतम शाहको उपस्थिति रहेको थियो। अन्तरक्रियामा वक्ताहरूले जेन्जी आन्दोलनपछि नेपालको बदलिँदो राजनीतिक, सामाजिक अवस्थाबारे चर्चा गरेका थिए।

वक्ताहरूले नेपालमा चिनियाँ नागरिकहरूद्वारा मधेसी युवतीहरूको बेचबिखन बढ्दै गएको विषय उठाउँदै यसले तराई क्षेत्रसँगै भारत–नेपाल सम्बन्धमा समेत प्रभाव पारिरहेको धारणा राखे। साथै बंगलादेशको पछिल्लो अवस्थाबारे पनि छलफल गरिएको थियो।

धार्मिक अभियन्ता तथा पत्रकार कौशल निरौलाले बंगलादेश घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै खुला सिमानाका कारण भारत सरकारले नेपालमा कुनै पनि घुसपैठ नहुने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए। श्री हरि सत्संग समितिका राष्ट्रिय अध्यक्ष भिक्ष्म चन्द सरलले भारत–नेपालबीचको ऐतिहासिक मित्रताबारे चर्चा गरे।

रास्वपा नेता वीरेन्द्र शाहले भारत नेपालको छिमेकी देश भए पनि समय–समयमा केही भारतीय नेताहरूका अभिव्यक्तिले नेपाललाई तुच्छ देखाउने प्रयास हुने बताए। पत्रकार बरुण मिश्रले भारत बिना नेपालको भारतसँगको सम्बन्ध अधुरो रहने धारणा व्यक्त गरे।

कार्यक्रममा भाजपा नेत्री सुष्मिता ठाकुर, जयराम यादव, नेपाली कांग्रेसका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, राजकुमार यादव, अनिल ठाकुर, अभिषेक शाह, आभा अनुपमा, नेपाल सोनार फाउन्डेसनका अध्यक्ष महेश शाह स्वर्णकर, राजेश कुमार शर्मालगायतले आ–आफ्ना विचार राखेका थिए। कार्यक्रम सफल बनाउन लक्ष्मीनिया युवा क्लबका सदस्यहरू सक्रिय रूपमा संलग्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।