राप्रपाद्वारा पर्सा क्षेत्र नं. १ र २ का उम्मेदवारहरुको नाम सिफारिस
राप्रपाद्वारा पर्सा क्षेत्र नं. १ र २ का उम्मेदवारहरुको नाम सिफारिस

वीरगंज, ९ पुस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ पर्साले प्रतिनिधिसभा निर्वाचन अन्तर्गतका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको नामावली सिफारिस गरेको छ।
राप्रपा पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा तर्फ (प्रत्यक्ष), बिना जैसवाल, नन्दकिशोर प्रसाद श्रीवास्तव, अवध किशोर साह तथा प्रतिनिधि सभा समानुपातिक तर्फ रमिता माया गुप्ता, हरि मोहन प्रसाद महतो थारू, रमेश प्रसाद कुर्मीको नाम सिफारिस गरिएको क्षेत्र नं. २ का अध्यक्ष शिवनारायण मिश्रले जनाएका छन् ।
यसैगरी क्षेत्र नं. १ क्षेत्रीय कार्य समिति, पर्सा मार्फत पार्टीको विधान र निर्देशिका अनुसार उम्मेदवार छनोट गरी सिफारिस गरिएको छ । सिफारिस गरिएका उम्मेदवारहरूमा प्रत्यक्षतर्फ किरणमान डंगोल, शान्ति देवी खड्का कार्की, नन्दकिशोर प्रसाद श्रीवास्तव, वरूण चौरसिया रहेका छन्।
यसैगरी समानुपातिक (मधेशी) तर्फ मिरा देवी झा, जंग बहादुर राउत, मनोहर चौरसिया, त्यसैगरी समानुपातिक (खस–आर्य) तर्फ राम बहादुर थापा, दुर्गा कुमारी घिमिरे गोलात (महिला तर्फ)को नाम सिफारिस गरिएको छ ।
उक्त नामावली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय कार्य समिति, पर्सा को मिति २०८२ पुस ६ गते बसेको बैठकको निर्णयअनुसार केन्द्रीय नेतृत्वसमक्ष सिफारिस गरिएको हो । सिफारिस पत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय कार्य समिति,पर्साका अध्यक्ष अर्जुन बहादुर सिंह ठाकुरीको हस्ताक्षर रहेको छ।






