कलैयामा ‘द रोयल कटेज’को औपचारिक उद्घाटन

कलैयामा ‘द रोयल कटेज’को औपचारिक उद्घाटन

कलैया, १३ पौष

कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित ‘द रोयल कटेज’ शनिबार एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। कटेजको उद्घाटन फेटा गाउँपालिकाका अध्यक्ष पदका भावी उम्मेदवार तथा जनमत पार्टीका केन्द्रीय सदस्य एवं युवा नेता उमेश दुबेले फीता काटेर गर्नुभएको हो।
उद्घाटन समारोहमा स्थानीय समाजसेवी, राजनीतिक व्यक्तित्व, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै युवा नेता दुबेले स्थानीय स्तरमा नयाँ व्यवसायको सुरुआत हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता लगानीहरूले पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।
कटेज सञ्चालक पक्षका अनुसार आधुनिक सुविधा, शान्त वातावरण र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘द रोयल कटेज’ सञ्चालनमा ल्याइएको हो। स्थानीय ग्राहकसँगै बाह्य पाहुनालाई पनि लक्षित गरी सेवा प्रदान गरिने जानकारी सञ्चालकले दिएका छन्।
समारोहको अन्त्यमा उपस्थित अतिथिहरूले कटेजको अवलोकन गर्दै यसको सफल सञ्चालनको शुभकामना व्यक्त गरेका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।