कलैयामा पूर्व वडाध्यक्षका छोरा ओमप्रकाश सहनी माथि चक्कु प्रहार

कलैयामा पूर्व वडाध्यक्षका छोरा ओमप्रकाश सहनी माथि चक्कु प्रहार

कलैया १९ पुस

कलैया उपमहानगरपालिका–४ का पूर्व वडाध्यक्ष मिश्रलाल सहनीका छोरा ओमप्रकाश सहनीमाथि अज्ञात समूहले चक्कु प्रहार गरी घाइते बनाएको छ।
घटना सोमबार साँझ करिब ७:३० बजेको समयमा कलैयामै भएको हो। अज्ञात व्यक्तिहरूले सहनीको शरीरका विभिन्न भागमा अनाधुन्ध चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

चक्कु प्रहार गर्ने व्यक्ति मोटरसाइकल छाडेर घटनास्थलबाट फरार भएको जनाइएको छ।
घाइते सहनीको हाल प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

घटनाबारे जानकारी पाएलगत्तै सुरक्षाकर्मी घटनास्थल पुगेको र आक्रमणकारीको खोजी तथा अनुसन्धान कार्य जारी रहेको जनाइएको छ। यस सम्बन्धमा थप विवरण केही बेरमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।