मन्त्री यादवले गरे वीरगञ्जमा ‘सफल लोकसेवा तयारी केन्द्र’ को उद्घाटनः नाम जस्तै काम गर्न सुझाव

मन्त्री यादवले गरे वीरगञ्जमा ‘सफल लोकसेवा तयारी केन्द्र’ को उद्घाटनः नाम जस्तै काम गर्न सुझाव

वीरगञ्ज २३ असोज

वीरगञ्जमा ‘सफल लोकसेवा तयारी केन्द्र’ को उद्घाटन गरिएको छ । वीरगञ्जसहित मधेश प्रदेशका युवाहरूलाई सरकारी सेवाको परीक्षाको तयारीका लागि सशक्त अवसर प्रदान गर्ने उद्देश्यसहित स्थापित केन्द्रको नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन्

स्थानीय युवाहरूको पहलमा स्थापना भएको यस केन्द्रले सरकारी सेवामा करियर बनाउने चाहना राख्नेहरूको लागि ठुलो अवसर सिर्जना गर्ने मन्त्री यादवले बताए । केन्द्रको स्थापनाले मधेसका युवाहरूलाई सक्षम र योग्य जनशक्ति बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनीधि सभा सदस्यसमेत रहेका यादवको विश्वास छ ।

“मधेशका युवाहरूको लागि यो केन्द्र एक विशिष्ट अवसर हो । यसले लोकसेवा परीक्षामा सफल हुन आवश्यक ज्ञान र सीप प्रदान गर्नेछ । मलाई विश्वास छ कि ‘सफल लोकसेवा तयारी केन्द्र’ ले समाजलाई योग्य, सक्षम र सेवा–समर्पित जनशक्ति उपलब्ध गराउने मार्गमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ,” यादवले बताए । सरकारी सेवाप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यो केन्द्र त्यस दिशामा ठुलो कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

वीरगञ्जसहित मधेशका युवालाई लक्षित गर्दै सफल लोकसेवा तयारी केन्द्रको स्थापना गरिएको सञ्चालक हरिन्द्र साहले बताए । उनकाअनुसार केन्द्रको नाम जस्तै केन्द्रले युवाहरुलाई पनि सरकारी सफल बनाउन हरसम्भव प्रयास गरिनेछ । निजामती सेवा, शिक्षक सेवा, संस्थान सेवा, सुरक्षा, बैंकिंग लगायतको तयारी गराइने उनले बताए ।

केन्द्रमा दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइने पनि हरिन्द्र यादवले जानकारी दिए । उपसचिव मोहम्मद शेरे मुस्तुफा, शाखा अधिकृत प्राण मेहता, शाखा अधिकृत दिपक पटेल, विनय गुप्ता, लेखा अधिकृत सूर्यकान्त झा, नायब सुब्बा निदयाल कुशवाहा, चन्दन ठाकुर, शंकर कुमार ठाकुर, राकेश ठाकुर, मनोज यादव, नागेश्वर गुप्ता लगायतले प्रशिक्षण दिनेछन् ।

५० जना विद्यार्थी एकैपटक अट्ने गरी तीन वटा कोठा रहेको केन्द्रमा दुई वटा सत्रमा कक्षा सञ्चालन हुनेछन् । बिहान र साँझ कक्षा सञ्चालन हुने भएकाले आफु अनुकुल अध्ययन गर्न सकिने सञ्चालक यादवले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, जनता समाजवादी पार्टी (जसपा) का नेता तबरेज अहमद लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।