ईप्रका छपकैयाका बरिष्ठ सई मल्ल र हवलदार उपेन्द्रको रजगज

अजय चौरसिया /
वीरगंज ९ माघ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको ईलाका प्रहरी कार्यालय छपकैयामा कार्यरत प्रहरी हवलदार उपेन्द्र यादवले अवैध रुपमा भन्सार छली गर्ने तस्कर समुहबाट रकम असुलेर सहज वातावरण बनाईरहेको स्रोतको दावी छ ।
विगत करिब चार महिना देखि ईलाका प्रहरी कार्यालय छपकैयामा कार्यरत प्रहरी हवलदार उपेन्द्र यादव त्याहाँ घुमुवाको रुपमा कार्यरत रहेका छन ।
छपकैया सिमाबाट अवैध ओसार पसार गर्ने समुहहरुबाट रकम असुली गर्नका लागि ईलाका प्रहरी कार्यालय छपकैयाका वरिष्ठ सई मदन मल्लले आफ्ना दुतको रुपमा उपेन्द्रलाई खटाएको समाचार स्रोतले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय छपकैयाका बरिष्ठ सई मल्लले घुमुवा उपेन्द्रको नाम डियुटी चार्टमा चढाई कार्यालयको रेकर्डमा डियुटी गरिरहेको हेराए पनि उनी मोटरसाईकलले नाकाहरुमा पुगी अवैध असुली गर्ने गरेको प्रहरी स्रोतको भनाई रहेको छ ।
यस भन्दा अगाडि घुमुवा उपेन्द्र प्रहरी चौकी ईनर्वा गाउँमा कार्यरत्त रहँदा त्यहाँ पनि उनी घुमुवा कै रुपमा काम गरेका थिए । उपेन्द्र विभिन्न चौकीहरुमा घुमुवाको रुपमा रहँदा उनलाई तस्कर र तस्करीको बारेमा राम्रो जानकारी रहेकै कारण उनलाई बरिष्ठ सई मल्लले छपकैयामा पनि घुमुवाकै रुपमा खटाएको प्रहरी स्रोतको भनाई रहेको छ ।
बरिष्ठ सई मल्ल बिगत वर्ष प्रहरी चौकी अमरपट्टिमा कार्यरत्त रहदाँ त्यहाँबाट खुल्लम–खुल्ला तस्करी गराएको भनि निकै आलोचना र बिवाद उत्पन्न भएको थियो ।
यस सन्दर्भमा घुमुवा उपेन्द्रलाई फोन सम्पर्क गरी तपाई घुमुवाको रुपमा कार्यरत्त रही अवैध रुपमा रकम असुली गरिरहनु भएको आरोप छ भनि प्रश्न गर्दा उनले यो आरोप गलत रहेको प्रतिक्रिया दिए ।
हुन त नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा केही दिन पहिला देशभरबाट ‘घुमुवा प्रहरी’को रूपमा काम गरिरहेका तथा गरिसकेका भूतपूर्व र वर्तमान गरी करिब ५० जना प्रहरी कर्मचारीलाई आकस्मिक रूपमा प्रहरी मुख्यालय, नक्साल काठमाडौं झिकाइएको छ ।
तर पर्सा जिल्लाको ईलाका प्रहरी कार्यालय छपकैयामा घुमुवाको रुपमा कार्यरत्त उपेन्द्र यादव खुल्लेयाम तस्करहरु सँग नजराना लिई तस्करीको ग्रिन सिग्नल दिदै आए पनि उनी माथि हालसम्म प्रहरीको माथिल्लो निकायको ध्यान नपुग्नाले विभिन्न किसिमको शंका उपशंका उब्जिन थालेको स्थानियहरुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।