पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले बढाए चुनावी सकृयता
पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले बढाए चुनावी सकृयता

माघ १६ वीरगंज
वीरगंज १६, माघःखुट्टामा चोट लागेका कारण घरमै स्वास्थ्य लाभ गरिरहेका नेपाली काँग्रेसका क्षेत्र नम्बर २ का प्रतीनीधी सभा सदस्यका उम्मेदवार अजय चौरसियाले आफ्नो चुनावी सकृयता बढाएका छन् ।
नेता चौरसियाले पछिल्ला तीन दिनयता वीरगन्ज–११, श्रीपुरस्थित आफ्नै निवासमा क्षेत्र नम्बर २ अन्तर्गतका हरेक वडाका कांग्रेसका अगुवा कार्यकर्ताहरूसँग निरन्तर भेटघाट तथा छलफल गर्दै आएका छन्। त्यसैक्रममा नेता चौरसियाले आज शुक्रबार बिहान पर्सा क्षेत्र नम्बर २ अन्तर्गतको पर्सागढी नगरपालिकाको वडा नम्बर १ ,२ र ३ का कांग्रेसका नेता तथा अगुवा कार्यकर्ताहरुसंग चुनावी रणनीतीबारे भेटघाट तथा छलफल गरेका छन् ।
छलफलमा पर्सागढी नगरपालिका वडा नम्बर १ नेपाली काँग्रेसका बुथ सभापती ढोडा दास थारु , वडा नम्बर २ का बुथ सभापती रामचन्द्र महतो दामस थारु , वडा नम्बर ३ का वडा अध्यक्ष सुकमान तामाङ्ग , कमल महतो , तुल्ला दास चौधरी , घन्श्याम चौधरी , विरेन्द्र महतो , श्वर्साङ्ग पाख्रिन , लालबाबु चौधरी , सुन्दर मैनाली ,जुन माया बल लगायतको उपस्थिती रहेको थियो ।
उक्त भेटघाट तथा छलफलमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको चुनावी रणनीति, संगठन सुदृढीकरण, वडास्तरदेखि क्षेत्रीय तहसम्म संगठनलाई कसरी मजबुत बनाउने, मतदातासँगको सम्बन्ध विस्तार, विगतका निर्वाचनमा देखिएका कमजोरी तथा त्यसको सुधारका उपाय लगायतका विषयमा विस्तृत रूपमा छलफल गरिएको छ।
छलफलका क्रममा अगुवा कार्यकर्ताहरूले आ–आफ्नो वडाको राजनीतिक अवस्था, जनताका समस्या, संगठनको वर्तमान स्थिति र आगामी निर्वाचनमा देखिन सक्ने चुनौतीहरूबारे सुझाव दिएका थिए ।नेता चौरसियाले कार्यकर्ताहरूका सुझावलाई मनन गर्दै पार्टीलाई जनताको भरोसा योग्य बनाउनेतर्फ सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “आगामी निर्वाचन केवल जित–हारको विषय मात्र होइन, जनताको विश्वास पुनः जित्ने अवसर पनि हो। त्यसका लागि संगठन मजबुत, कार्यकर्तामा आत्मविश्वास र जनतासँग प्रत्यक्ष सम्पर्क आवश्यक छ।”
स्वास्थ्यमा क्रमशः सुधार भइरहेको जनाउँदै चौरसियाले आउँदो शनिबारदेखि नै क्षेत्रका विभिन्न टोल तथा बस्तीमा पुगेर जनताको घरदैलोमा जाने कार्यक्रम सुरु गर्ने जानकारी दिएका छन्। घरदैलो अभियान मार्फत मतदातासँग प्रत्यक्ष भेटघाट, जनताका गुनासा तथा सुझाव संकलन, पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउने र आगामी निर्वाचनका लागि जनसमर्थन जुटाउने उनले बताए ।
यसरी स्वास्थ्य लाभको अवस्थामै रहेर पनि निरन्तर छलफल, परामर्श र आगामी कार्ययोजनामा केन्द्रित गतिविधि अघि बढाइरहेका चौरसियाको सक्रियताले क्षेत्र नम्बर २ मा कांग्रेसको चुनावी तयारीलाई थप गति दिएको छ।





