जसपा नेताको नेतृत्वमा सयौँ कार्यकर्ता एमाले प्रवेश

जसपा नेताको नेतृत्वमा सयौँ कार्यकर्ता एमाले प्रवेश

वीरगञ्ज १६ माघ

आगामी निर्वाचन नजिकिँदै जाँदा वीरगञ्ज महानगरपालिका वडा नं. १६ (नगवा) मा नेकपा (एमाले) को चुनावी शक्ति प्रदर्शन देखिएको छ। मिति २०८२ माघ १७ गते, शनिबार, विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद सदस्य लालदेव यादव, नगर सचिव फरीद आलम र इकाई कमिटी अध्यक्ष अरुण यादव को नेतृत्वमा भएको यो सामूहिक प्रवेशलाई स्थानीय राजनीतिमा ठूलो धक्का का रूपमा हेरिएको छ। यस घटनाले पर्सा क्षेत्रमा एमालेप्रति बढ्दो जनसमर्थन र विपक्षी दलभित्रको असन्तुष्टि उजागर गरेको छ।

कार्यक्रममा एमाले नेताहरूले अबको चुनाव विकास बनाम अव्यवस्था, सुशासन बनाम अवसरवाद को लडाइँ हुने स्पष्ट पारे। स्थिर सरकार, विकास निर्माणको तीव्रता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने एकमात्र शक्ति एमाले भएको दाबी गर्दै उनीहरूले जनतालाई निर्णायक मत दिन आह्वान गरे।

नवप्रवेशी नेताहरूले पनि पुराना दलहरूले जनअपेक्षा पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै राष्ट्र निर्माणको स्पष्ट खाका र बलियो नेतृत्व भएकै कारण एमाले रोजेको बताए। उनीहरूले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न घरदैलो र संगठन विस्तारमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।

राजनीतिक विश्लेषकहरूका अनुसार वीरगञ्ज–१६ मा देखिएको यो जनप्रवाहले पर्सा क्षेत्रमा चुनावी समीकरण परिवर्तन हुने संकेत दिएको छ। एमालेले मधेसमा संगठन विस्तारलाई तीव्र बनाउँदै विपक्षी दलको आधार क्षेत्रमा समेत प्रभाव जमाउन थालेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।