पर्सा ३ मा रामाकान्त चौरसिया माथि बालबालिकाको प्रयोग गरी निर्वाचन आचारसंहिता उल्लंघनको आरोप

पर्सा ३ मा रामाकान्त चौरसिया माथि बालबालिकाको प्रयोग गरी निर्वाचन आचारसंहिता उल्लंघनको आरोप

पोखरिया १७  माघ

पर्सा क्षेत्र नम्बर–३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसिया माथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको छ। घरदैलो कार्यक्रमको क्रममा बालबालिकालाई प्रचारप्रसारमा प्रयोग गरिएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गरिनुपर्ने माग गरेका छन्।

आरोप अनुसार, चौरसियाले पोखरिया नगरपालिका–७ मा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा भिडभाड देखाउन बालबालिकाको प्रयोग गरेका हुन्। निर्वाचन आचारसंहिताले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग निषेध गरेको भए पनि उक्त गतिविधि त्यसको विपरीत भएको स्थानीयको भनाइ छ।

स्थानीयहरूले आरोप लगाएका छन् कि पेशाले निर्माण व्यवसायी रहेका चौरसियाले पैसाको बलमा रास्वपाबाट टिकट पाएर चुनावी मैदानमा प्रवेश गरेका हुन्। उनको स्थायी घर पर्सा क्षेत्र नम्बर–२, वीरगंज–१९ बर्वामा भए पनि उनले पर्सा–३ बाट उम्मेदवारी दिएका छन्।

यसअघि नेपाली कांग्रेसमा आबद्ध रहेका रामाकान्तका आफन्तसमेत पर्ने पर्सा–२ का कांग्रेस उम्मेदवार अजय चौरसियामाथि असर नपरोस् भन्ने हेतुले उनले आफ्नो गृह क्षेत्र छोडेर पर्सा–३ रोजेको स्थानीय स्तरमा चर्चा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।