“भाषण होइन, सुशासन र संवाद” जावेद एकबाल हैदरको घरदैलो अभियानमा युवा, कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
“भाषण होइन, सुशासन र संवाद” जावेद एकबाल हैदरको घरदैलो अभियानमा युवा, कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

पर्सा २१ माघ
पिपुल फर्स्ट पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. १ का साझा उम्मेदवार जावेद एकबाल हैदरले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै जनस्तरसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिनुभएको छ। आज उहाँले वडा नं. २१ परवानपुर र वडा नं. १५ लक्ष्मणवामा स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग घर–घरमा पुगेर भेटघाट गर्नुभयो।
घरदैलो क्रममा उम्मेदवार हैदरले आफू मञ्चमा सीमित भाषण गर्ने नेता नभई जनताको दैलोमा पुगेर समस्या सुन्ने र समाधान खोज्ने सेवक बन्न चाहेको स्पष्ट गर्नुभयो। “भाषण होइन, सुशासन र संवाद हाम्रो प्राथमिकता हो,” उहाँको भनाइले स्थानीयमा नयाँ आशा र उत्साह थपेको देखिन्थ्यो।
भेटघाटका क्रममा युवाहरूले रोजगारी, सीपमूलक तालिम र उद्यमशीलताको अवसरको माग राखेका थिए। त्यसैगरी कृषकहरूले मल–बीउको उपलब्धता, सिँचाइ सुविधा, कृषि उपजको बजार सुनिश्चितता र आधुनिक कृषि प्रविधिको आवश्यकता औंल्याएका थिए। शिक्षा क्षेत्रमा विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्ने आवाज उठेको थियो भने स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य चौकी सुदृढीकरण र उपचारमा पहुँच सहज बनाउने विषयमा स्थानीयले सुझाव दिएका थिए।
उम्मेदवार हैदरले युवालाई अवसरसहित जिम्मेवारी, कृषिलाई सम्मानसहित प्रविधिसँग जोड्ने, शिक्षालाई व्यवहारिक र रोजगारमुखी बनाउने तथा स्वास्थ्य सेवालाई जनताको पहुँचमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयका पीर–मर्का र सुझावलाई नीति तथा कार्ययोजनामा समेट्ने आश्वासन दिँदै उहाँले जनताको विश्वास नै आफ्नो अभियानको शक्ति भएको





