मधेश आन्दोलनका जिउँदो सहिद मुसी पटेलसँग रास्वपा उम्मेदवार शुशिल साह कानुको भेट, स्वास्थ्य अवस्थाबारे जानकारी

मधेश आन्दोलनका जिउँदो सहिद मुसी पटेलसँग रास्वपा उम्मेदवार शुशिल साह कानुको भेट, स्वास्थ्य अवस्थाबारे जानकारी

वीरगंज  २१ माघ

मधेश आन्दोलनका क्रममा गोली लागेर घाइते भएका जिउँदो सहिद मुसी पटेललाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा क्षेत्र नं. २ का उम्मेदवार शुशिल साह कानु नारायणी अस्पताल पुग्नुभएको छ। वीरगंज महानगरपालिका वडा नं. २८ बगही निवासी पटेलको हालको स्वास्थ्य अवस्थाबारे कानुले चिकित्सक र आफन्तसँग जानकारी लिनुभएको हो।
भेटका क्रममा उम्मेदवार कानुले मधेश आन्दोलनमा मुसी पटेलले भोग्नुपरेको पीडा र त्यागलाई स्मरण गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। मधेश आन्दोलनका बेला गोली लागेर गम्भीर रूपमा घाइते भएका पटेल लामो समयदेखि उपचाररत रहँदै आउनुभएको छ। हाल पनि उहाँको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य नभएको र निरन्तर उपचार आवश्यक रहेको बताइएको छ।
कानुले यस्तो बलिदान र संघर्षकै कारण मधेशका आवाज राष्ट्रिय राजनीतिमा स्थापित भएको उल्लेख गर्दै घाइते र सहिद परिवारप्रति राज्यको दायित्व अझै पूरा हुन नसकेको धारणा व्यक्त गर्नुभयो। उहाँले उपचार, सम्मान र पुनःस्थापनाका विषयमा राज्य गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
भेटघाटका क्रममा कानुले मधेश आन्दोलनका घाइते र सहिद परिवारको न्याय, उपचार र सम्मानका लागि आफूले सदनदेखि सडकसम्म आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ। स्थानीयले पनि आन्दोलनका जिउँदा सहिदको अवस्था र पीडाप्रति राजनीतिक नेतृत्वले निरन्तर चासो देखाउनुपर्ने माग गरेका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।