कुँहडीमा कमल छापको दस्तक : घरदैलोमार्फत राष्ट्रवाद, विकास र समृद्धिको एजेन्डा सार्वजनिक

कुँहडीमा कमल छापको दस्तक : घरदैलोमार्फत राष्ट्रवाद, विकास र समृद्धिको एजेन्डा सार्वजनिक

वीरगञ्ज २३ माघ

पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २७ कुँहडीमा आज नेपाल जनता पार्टीले घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेको छ। ‘एक भोट राष्ट्रका लागि, राष्ट्रिय एकता’ तथा ‘हर हर कमल, घर घर कमल’ नारासहित आयोजित अभियानमार्फत पार्टीले आगामी निर्वाचनमा कमल छापमा मतदान गर्न समर्थन, सहयोग र आशीर्वाद मागेको हो।
घरदैलोका क्रममा स्थानीय बासिन्दा, युवा, महिला तथा विद्यार्थीहरूसँग संवाद गर्दै नेताहरूले युवा महिला विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, धार्मिक पर्यटनको प्रवर्द्धन तथा क्षेत्रीय समृद्धिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। साथै सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्य, सुशासन, विकास र सुरक्षालाई सुदृढ बनाउने योजनाबारे जानकारी गराइएको थियो।
कार्यक्रममा किसानलाई उच्च प्राथमिकता दिने, खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने, स्वाभिमानको रक्षा तथा रोजगारी सिर्जनामा विशेष जोड दिने एजेन्डा प्रस्तुत गरिएको आयोजकहरूले बताएका छन्। घरदैलो अभियानमा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने मतदाताहरूले आफ्ना सुझाव तथा अपेक्षा पनि राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।