बिन्दबासिनीमा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न, संगठन सुदृढ गर्ने प्रतिबद्धता

बिन्दबासिनीमा कांग्रेसको कार्यकर्ता भेला सम्पन्न, संगठन सुदृढ गर्ने प्रतिबद्धता

वीरगंज, १ फाल्गुन

वीरगंज महानगरपालिका वडा नम्बर १९ बिन्दबासिनीमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजयकुमार चौरसियाको उपस्थितिमा कार्यकर्ता भेला सम्पन्न भएको छ।

स्थानीय स्तरमा पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको भेलामा वडा तथा टोलस्तरका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। भेलामा उम्मेदवार चौरसियाले जनताको विश्वास र समर्थनलाई विकास र समृद्धिमा रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सबैलाई एकजुट हुन आग्रह गरेका थिए।

कार्यकर्ताहरूले वडा नम्बर १९ मा कांग्रेसको पक्षमा जनमत थप बलियो बनाउँदै घरदैलो अभियानलाई तीव्र बनाउने निर्णय गरेका छन्। भेलामा स्थानीय अगुवा तथा कार्यकर्ताहरूको सक्रिय उपस्थिति रहेको थियो।

सहभागी हुने प्रमुख व्यक्तिहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल, पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री, ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरुप कुर्मी, अशोक गुप्ता, नितेन्द्र साह, समिम मियाँ, मुकेश चौरसिया, बिन्देश्वर चौरसिया, अमिरिलाल यादव, विवेक चौरसिया तथा रामायण यादव लगायत रहेका थिए।

भेलाले वडा नम्बर १९ बिन्दबासिनीमा कांग्रेसको संगठन थप सशक्त हुँदै गएको सन्देश दिएको सहभागीहरूको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।