मधेसमा आम शैक्षिक हडतालको घोषणा गरेको आजपाले आन्दोलनलाई कडा बनाउँने निष्कर्ष

वीरगंज । आम जनता पार्टी (आजपा) को मधेस प्रदेश कमिटीको बैठक आईतवार वीरगंजमा सम्पन्न भएको छ ।
बैठकले मधेसमा बिद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षकको दरबन्दी सहित गुणस्तरीय शिक्षाका लागि संघर्षका कार्यक्रम कडा रुपमा अगाडी बढाउँने निर्णय गरेको छ । आजपा मधेस प्रदेश कमिटीले यस अघि नै मधेसमा शैक्षिक आम हडतालको घोषणा गरिसकेको छ । सो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउँने निर्णय भएको छ ।
यसैगरी बैठकले मधेस प्रदेशका प्रमुख शहरका साथै सबै जिल्लाहरुमा असोज ३ गते संविधानको अन्त्यष्टि यात्रा निकाल्ने निर्णय समेत गरेको छ । यस्तै काठमाडौंमा पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय प्रदेश, जिल्ला, पालिकाहरुमा कार्यान्वयन गरिने र त्यसका लागि योजना समेत निर्माण भएको आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले जनाएका छन् ।
लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र शासनसत्तामा आम जनताको सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको निर्देशन कार्यान्वयन गर्दै संगठन निर्माण, पुनर्गठन, आन्दोलनका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा चरणबद्ध अगाडी बढाउँने निष्कर्ष बैठकले निकालेको छ ।
मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढदै गईरहेको र सरकारको नेतृत्व सहित सरकारमा भ्रष्टहरुको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको बिकल्प नभएको पार्टीको निर्णयलाई मधेस प्रदेशमा कार्यान्वयन गरिने अध्यक्ष उमेश कुशवाहाले जनाएका छन् ।
आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने निर्णय आजपाले गरेको छ ।
आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा बसेको बैठकमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, उपमहासचिवद्धय चन्द्रभुषण साह, सियाराम कुशवाहा, सचिवद्धय बाबुराम कौशिक, श्रीचन्द्र मुखिया लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।