राष्ट्रिय एकता दलमा नेकपा नेता रविंद्र यादवको नेतृत्वमा सैकडौं नेता–कार्यकर्ता प्रवेश
राष्ट्रिय एकता दलमा नेकपा नेता रविंद्र यादवको नेतृत्वमा सैकडौं नेता–कार्यकर्ता प्रवेश

बारा ०२ फागुन
नेपाल कम्युनिस्ट पार्टीका मधेश प्रदेश कमिटी सदस्य रविन्द्र यादवको नेतृत्वमा सैकडौं नेता तथा कार्यकर्ताले नेकपा परित्याग गर्दै हिन्दू राष्ट्र स्थापना गर्ने उद्देश्यसहित राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।
प्रसौनी गाउपालिका को नकटुवा स्थित आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी नेता–कार्यकर्तालाई राष्ट्रिय एकता दलका अध्यक्ष एवं बारा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनय यादवले टिका लगाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए। स्वागत मन्तव्यका क्रममा अध्यक्ष यादवले राष्ट्रिय एकता, सांस्कृतिक पहिचानको संरक्षण तथा हिन्दू राष्ट्र स्थापनाको अभियानलाई अझ सशक्त बनाउन सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।
कार्यक्रममा दलका प्रवक्ता दिलीप पंडित, जिल्ला अध्यक्ष अकलेश कुशवाहा लगायतका नेताहरूले पनि मन्तव्य राख्दै नवप्रवेशीहरूलाई स्वागत गरेका थिए। उनीहरूले राष्ट्रिय एकता दलप्रति जनसमर्थन बढ्दो क्रममा रहेको उल्लेख गर्दै आगामी दिनमा पार्टीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।





