रास्वपा उम्मेदवार रामाकान्त चौरसियाको लोकप्रियता बढ्दो, पोखरियामा घण्टी छापमा मतदान गर्न आग्रह

रास्वपा उम्मेदवार रामाकान्त चौरसियाको लोकप्रियता बढ्दो, पोखरियामा घण्टी छापमा मतदान गर्न आग्रह

पर्सा १३ फागुन

पर्सा निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसिया को लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको देखिएको छ। घरदैलो तथा भेटघाट कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका चौरसियाले विकास, सुशासन र पारदर्शितालाई मुख्य एजेण्डा बनाएका छन्।
विशेषगरी पोखरिया नगरपालिका का विभिन्न वडाहरूमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ। चौरसियाले प्रत्येक टोलमा पुगेर स्थानीय समस्या, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना योजना प्रस्तुत गर्दै मतदातासँग घण्टी छापमा मतदान गर्न आग्रह गरेका छन्।
उनले विगतका राजनीतिक अभ्यासबाट निराश भएका नागरिकलाई अब वैकल्पिक शक्ति रोज्ने समय आएको बताउँदै रास्वपाको एजेण्डा नै स्थिरता र समृद्धिको आधार भएको दाबी गरे। “जनताको प्रत्यक्ष सहभागितामै समृद्ध पर्सा निर्माण सम्भव छ,” उनले भने।
स्थानीय युवाहरू, महिला समूह तथा ज्येष्ठ नागरिकसँग छलफल गर्दै चौरसियाले पर्सा–३ लाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका समर्थकहरूका अनुसार अभियानमा बढ्दो भीड र सकारात्मक प्रतिक्रिया नै उनको लोकप्रियताको संकेत हो।
आगामी निर्वाचनमा घण्टी छापमा मतदान गरी परिवर्तनको पक्षमा उभिन उनले सम्पूर्ण मतदातासँग अपिल गरेका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।