अनिल रुङटाको पक्षमा बढ्दो जनलहर,नेपाली कांग्रेस पर्सा–१ मा २५० जेन–जी युवाको प्रवेश
अनिल रुङटाको पक्षमा बढ्दो जनलहर,नेपाली कांग्रेस पर्सा–१ मा २५० जेन–जी युवाको प्रवेश

वीरगंज १५ फागुन
पर्सा क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटाको पक्षमा चुनावी माहोल दिनप्रतिदिन बलियो बन्दै गएको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ अन्तर्गतका विभिन्न वडाबाट करिब २५० जना जेन–जी युवाहरु पार्टीमा प्रवेश गरेका छन्। आयोजित कार्यक्रममा उम्मेदवार रुङटाले नवप्रवेशीहरुलाई टीका–माला लगाई औपचारिक स्वागत गर्दै युवाशक्तिको साथले परिवर्तन र विकासको अभियान अझ सशक्त बनेको बताएका छन्। क्षेत्रका सम्पूर्ण वडाबाट एकैसाथ युवाहरुको आकर्षण बढ्नुले रुङटाको जितको आधार मजबुत बन्दै गएको स्थानीय नेताहरुको दाबी छ। युवाहरुको उत्साहजनक सहभागिताले यसपटक क्षेत्र नं. १ मा नेपाली कांग्रेसप्रति जनलहर सिर्जना भएको बताइएको छ।
नवप्रवेशी जेन–जी युवाहरुको भनाइ,हामी जेन–जी युवाहरु स्वच्छ राजनीति, पारदर्शिता र दिगो विकासको अपेक्षासहित नेपाली कांग्रेसमा प्रवेश गरेका हौँ। क्षेत्र नं. १ को समग्र विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र प्रविधिमैत्री वातावरण निर्माणका लागि अनिल रुङटा ज्यूको नेतृत्व आवश्यक ठानेर हामी एकजुट भएका छौँ। हाम्रो साथ र समर्थनले सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ हामी पार्टीको अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
उम्मेदवार रुङटाको भनाइ,जेन–जी युवाहरुको उत्साह र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ। युवाहरु राष्ट्रको भविष्य मात्र नभई वर्तमान परिवर्तनका संवाहक पनि हुन्। यहाँहरुको ऊर्जा, सृजनशीलता र समर्पणले क्षेत्र नं. १ मा नयाँ सोच र नयाँ विकासको आधार तयार गर्नेछ। म पारदर्शी नेतृत्व, समावेशी विकास र अवसरको समान पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छु, र यहाँहरुको साथले यो अभियान सफल हुनेमा विश्वस्त छु।






