रास्वपा परित्याग गरी दर्जनौं युवा जसपा नेपालमा प्रवेश

रास्वपा परित्याग गरी दर्जनौं युवा जसपा नेपालमा प्रवेश

बारा १६ फागुन

बारा जिल्लाको फेटा गाउँपालिका–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दर्जनौं युवा कार्यकर्ताहरू पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

नवप्रवेशी युवाहरूलाई मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल ले अबिर, टीका तथा गम्छा लगाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा संविधान सभा सदस्य तथा जसपा नेता जयप्रकाश यादव र क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता ले नवप्रवेशीहरूलाई पार्टीमा औपचारिक रूपमा स्वागत गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा वक्ताहरूले मधेसको अधिकार, पहिचान र समृद्धिका मुद्दालाई स्थापित गर्न जसपा नेपाल निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै युवाहरूको सहभागिताले पार्टी थप मजबुत हुने विश्वास व्यक्त गरे।

नवप्रवेशी युवाहरूले जसपा नेपालको विचार, नीति तथा मधेस केन्द्रित एजेण्डाबाट प्रभावित भई पार्टीमा आबद्ध भएको बताएका छन्। उनीहरूले आगामी राजनीतिक अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

जसपा नेपालले पछिल्लो समय मधेसका विभिन्न स्थानीय तहहरूमा संगठन विस्तारलाई तीव्रता दिँदै आएको छ।

फेटा गाउँपालिका–३ मा भएको यो प्रवेश कार्यक्रमलाई पार्टीले संगठन विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।
नवप्रवेशी सबैलाई पार्टीका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।