पोखरिया–६ शिर्सियामा बिरामीलाई ह्वीलचेयर सहयोग

पोखरिया–६ शिर्सियामा बिरामीलाई ह्वीलचेयर सहयोग

पोखरिया ४ चैत्र

पोखरिया नगरपालिका वडा नं. ६ अन्तर्गत शिर्सिया टोलमा एक जना बिरामीलाई ह्वीलचेयर प्रदान गरिएको छ।
“कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा उपलब्ध गराइएको उक्त ह्वीलचेयर उपकार सेवा नेपालका अध्यक्ष विध्या कुमारी शरावगी, लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी तथा रूस्तम मियाँको उपस्थितिमा बिरामीको घरमै पुगेर हस्तान्तरण गरिएको हो।
सहयोग स्वरूप प्रदान गरिएको ह्वीलचेयरले बिरामीको दैनिक जीवनयापन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। साथै, यस किसिमको मानवीय कार्यले समाजमा सहयोग, सहानुभूति र सेवाभाव अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।