भारत–नेपाल व्यापारमा नयाँ सम्भावना: वीरगंजमा अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न
भारत–नेपाल व्यापारमा नयाँ सम्भावना: वीरगंजमा अन्तर्राष्ट्रिय संगोष्ठी सम्पन्न

वीरगंज १५ चैत
वीरगंजस्थित भारतको महावाणिज्य दूतावास र वीरगंज उद्योग वाणिज्य संघ को सहकार्यमा आइतबार “India-Nepal Economic Cooperation: Unlocking New Trade Potential” विषयक संगोष्ठी सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल र भारतको बिहार राज्यका विभिन्न उद्योग तथा वाणिज्य संघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
महावाणिज्यदूत डी.एस. मीना ले नेपाल–भारतबीचको गहिरो आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन पूर्वाधार, डिजिटल कनेक्टिभिटी, स्टार्टअप, पर्यटन र कृषि-प्रशोधन क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले एकीकृत जाँच चौकी, सुख्खा बन्दरगाह र रेल सेवाजस्ता संरचनाले द्विपक्षीय व्यापार विस्तारमा टेवा पुर्याएको उल्लेख गर्नुभयो।
कार्यक्रममा उद्योगी–व्यवसायीहरूले व्यापार विस्तारका अवसर, चुनौती तथा सहकार्यका नयाँ आयामबारे छलफल गरेका थिए। आयोजकका अनुसार संगोष्ठीले दुई देशबीचको आर्थिक सम्बन्ध अझ मजबुत बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




