क्षेतिको आधारमा राहत दिन माग गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
क्षेतिको आधारमा राहत दिन माग गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्रेमचन्द्रझा रौतटह १८ चैत
रौतहट जिल्लाको बौधीमाई नगरपालिका का विभिन्न वडामा मंगलबार साँझ आएको असिना पानीसहितको हावाहुरीले ठूलो क्षति पुर्याएको छ।
प्राकृतिक विपद्का कारण घर, बाली तथा अन्य संरचनामा व्यापक नोक्सानी भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको नगरपालिकाले जनाएको छ।
यसैबीच, नगर प्रमुख प्रदिप कुमार यादव ले क्षतिपूर्तिको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारका प्रधानमन्त्री तथा मधेस प्रदेश सरकारका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमार्फत प्रभावित क्षेत्रलाई राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ।
नगर प्रमुख यादवले असिना पानी र हावाहुरीका कारण किसान तथा स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गर्दै शीघ्र राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीय तहले विपद्पछि प्रभावित नागरिकलाई सहयोग पुर्याउन आवश्यक समन्वय तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।






