अभिलेख व्यवस्थापन र अनुगमनसम्बन्धी कार्यशाला जनकपुरधामको पहलमा रौतहटको चन्द्रपुरमा सुरु
अभिलेख व्यवस्थापन र अनुगमनसम्बन्धी कार्यशाला जनकपुरधामको पहलमा रौतहटको चन्द्रपुरमा सुरु

श्रवण साह
रौतहट १९ चन्द्रपुर
मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश वन निर्देशनालयद्वारा सञ्चालन गरिएको “समृद्धिका लागि वन परियोजना” अन्तर्गत अभिलेख व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यशाला रौतहटको चन्द्रपुरस्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहमा सुरु भएको छ।
दुई दिनसम्म चलेको उक्त कार्यशालामा मधेश प्रदेशका बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाबाट आएका सामुदायिक तथा साझेदारी वनका प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको थियो। कार्यक्रमले वन व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य लिएको थियो।
कार्यक्रम प्रदेश परियोजना संयोजक सुजीत कुमार झाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा प्रदेश वन निर्देशक जगरन्नाथ प्रसाद जयसवाल सहभागी हुनुहुन्थ्यो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत हेमन्त साहको उपस्थिति रहेको थियो।
उद्घाटन सत्रमा योजना अधिकृत लाल बाबु यादवले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै अभिलेख व्यवस्थापन तथा अनुगमन प्रणालीलाई सुदृढ गर्दै वन क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने लक्ष्य रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागीहरूको परिचय आदानप्रदान तथा राष्ट्रिय गानसँगै औपचारिक सुरुवात गरिएको थियो।
प्रमुख अतिथि जयसवालले वन क्षेत्रको संरक्षण र उपयोगबीच सन्तुलन कायम गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य हुने धारणा राख्नुभयो। विशिष्ट अतिथि हेमन्त साहले वनसम्बन्धी कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सामुदायिक संस्थाहरूको सशक्त सहभागिता आवश्यक रहेको औंल्याउनुभयो।
कार्यक्रममा प्रदेश परियोजना संयोजक सुजीत कुमार झा र वन तथा उद्यम विज्ञ बलिराम पण्डितले “समृद्धिका लागि वन परियोजना” को प्रगति, उपलब्धि तथा आगामी कार्ययोजना बारे प्रस्तुति दिनुभएको थियो। सहभागीहरूलाई परियोजनाको कार्यान्वयन प्रक्रिया र प्राप्त उपलब्धिबारे जानकारी गराइएको थियो।
त्यसैगरी, वन तथा उद्यम विज्ञ बलिराम पण्डित तथा योजना अधिकृत लाल बाबु यादवले साझेदारी वन र सामुदायिक वन सम्बन्धी कानुनी व्यवस्था, चुनौती तथा व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो। सहभागीहरूले पनि आफ्ना अनुभव, समस्या तथा सुझावहरू राख्दै छलफललाई थप प्रभावकारी बनाएका थिए।
कार्यशालामा पर्सा जिल्लाबाट सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखन लाल साह, सदस्य मणि भूषण तिवारी तथा श्रवण प्रसाद साहको सहभागिता रहेको थियो। साथै गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दी सहित विभिन्न जिल्लाका वन उपभोक्ता समूहका पदाधिकारी, लेखा संयोजक तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरूले अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउने, अनुगमन तथा मूल्याङ्कन प्रक्रियालाई प्रभावकारी बनाउने तथा वनसम्बन्धी नीति–नियमको कार्यान्वयनमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
आयोजकका अनुसार यस्ता कार्यशाला ले वन संरक्षण, दिगो व्यवस्थापन र स्थानीय समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, वन क्षेत्रलाई समृद्धिको आधारका रूपमा विकास गर्न यस किसिमका पहलहरू अझ सशक्त बन्ने विश्वास लिइएको





