श्रम मन्त्री र बैरो संघबिच निर्णायक बार्ता जेठ १९ मा, व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह
श्रम मन्त्री र बैरो संघबिच निर्णायक बार्ता जेठ १९ मा, व्यवसायीलाई भ्रम र हल्लाको पछाडी नलाग्न अध्यक्ष गुरुङको आग्रह

काठमाडौं १५ जेष्ठ
वैदेशिक रोजगार क्षेत्रका गम्भीर समस्या समाधान, नीतिगत सुधार तथा व्यवसायीहरूको हकहितका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र बैरो संघबिच निर्णायक छलफलको अन्तिम तयारी भइरहेको छ ।
श्रम मन्त्री र बैरो संघबिच निर्णायक बार्ता जेठ १९ मा हुने निस्चित भैसकेको छ भने अध्यक्ष गुरुङसहित कार्यसमितिलाई बार्ताको लागि मन्त्रालय आउन पत्र काटिसकेको युवा श्रम तथा रोजगार मन्त्रालयले बताएको छ ।
तर यसैबेलामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र केही समूहले नियोजित रूपमा कृत्रीम विवाद सिर्जना गर्न सक्रिय भएको भन्दै अध्यक्ष भुवन सिंह गुरुङले व्यवसायीहरूलाई एकताबद्ध हुन र हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् ।
संघका अध्यक्ष गुरुङको नेतृत्वमा केही दिनअघि पनि श्रममन्त्री यादवसँग भएको महत्वपूर्ण भेटमा वैदेशिक रोजगार क्षेत्र सुधारका लागि स्पष्ट खाका प्रस्तुत गरिएको थियो । भेटमा व्यवसायीहरूले भोगिरहेका प्रशासनिक समस्या, “फ्री भिसा, फ्री टिकट” नीतिको व्यवहारिक जटिलता, श्रमिक लागत, मागपत्र प्रमाणीकरण, भिसा प्रक्रिया, विभागीय दबाब तथा अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित विषयमा गम्भीर छलफल भएको थियो ।
सोही छलफललाई निरन्तरता दिन श्रममन्त्री यादवले संघलाई औपचारिक रूपमा पत्र काटेर पुनः मन्त्रालयमा बोलाइसकेको अवस्थामा केही समूहले संघभित्रै अस्थिरता र भ्रम सिर्जना गर्ने प्रयास थालेको र उक्त वार्ता भाडेर ब्याबसायीलाई अन्योलता उत्पन्न गराउन खोजेको आरोप गुरुङ पक्षको छ ।
अध्यक्ष गुरुङले सरकारसँग वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सार्थक संवाद भइरहेको बेला संस्थाभित्र कृत्रिम विवाद खडा गर्नु व्यवसायी हितविपरीत रहेको बताएका छन् । “आजको आवश्यकता संस्था भाड्ने होइन, व्यवसायीहरूको अस्तित्व जोगाउने हो । सरकारसँग गम्भीर छलफल भइरहेका बेला बैठक बिथोल्ने, भ्रम फैलाउने र संघलाई कमजोर बनाउने प्रयास हुनु अत्यन्त दुःखद छ,” गुरुङले बताए ।
उनले अहिले वैदेशिक रोजगार क्षेत्र इतिहासकै जटिल मोडमा रहेको उल्लेख गर्दै व्यवसायीहरू प्रशासनिक दबाब, नीतिगत अन्योल, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र आर्थिक अस्थिरतासँग जुधिरहेको अवस्थामा संस्था कमजोर बनाउने गतिविधिले सम्पूर्ण व्यवसायी समुदायलाई असर गर्ने चेतावनी दिए ।
बैरो संघले श्रममन्त्रीसमक्ष बुझाएको ज्ञापनपत्रमा व्यवहारिक नीतिगत सुधार, श्रमिकमैत्री र व्यवसायमैत्री वातावरण निर्माण तथा जिम्मेवार व्यवसाय सञ्चालनका लागि स्पष्ट सुझाव राखिएको छ । संघले विशेषगरी “फ्री भिसा, फ्री टिकट” नीतिको पुनरावलोकन, वास्तविक लागतअनुसार शुल्क संरचना निर्धारण, मागपत्र प्रमाणीकरण सहज बनाउने, विदेशस्थित श्रम सहचारीलाई प्रभावकारी बनाउने तथा विभागीय प्रक्रियालाई पारदर्शी र व्यावहारिक बनाउन माग गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार श्रममन्त्री यादवले समेत अध्यक्ष गुरुङ नेतृत्वको कार्यसमितिले उठाएका विषयलाई गम्भीर रूपमा लिँदै आवश्यक सुधारका लागि मन्त्रालय सकारात्मक रहेको संकेत दिएका छन् । यही कारण व्यवसायीहरूको समस्या समाधानका लागि अहिलेको संवादलाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ र यो अत्यावश्यक पनि छ ।
तर यही संवेदनशील समयमा केही समूहले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने, जिल्ला प्रशासन कार्यालयको पत्रलाई तोडमोड गरेर प्रचार गर्ने तथा संघको वैधानिक नेतृत्वमाथि अनावश्यक विवाद ल्याउने कोसिस गरेको छ । अध्यक्ष गुरुङले केही असहमति जनाएका र राजिनामा दिएका सदस्य्हरुलाई पनि पत्रनै काटेर राजिनामा अस्विकृत गर्दै अहिलेको विषम परिस्थितिमा जुधेर होइन एकता गरेर ब्याबसायीक हकहितमा जुट्नुपर्ने स्पष्ट सन्देश दिएका छन । गुरुङको यो निर्णयको सबै ब्याबसायीले स्वागत गरेका छन । तर अझै केही समूह संघ मा राजनिती गर्न सक्रिय देखिएको छ । उनिहरुलाई मेनपावर ब्याबसायीको अहिलेको समस्या भन्दापनि पहिले निर्वाचन हुदाको हारजितको गठबन्धन,स्वार्थ,
जुङ्गा र ईगोको लडाईनै प्रमुख भएको बरिस्ठ ब्याबसायीहरु बताउछन ।
उनिहरुले अब यस्तालाई ब्याबसायीनै नङ्ग्याउने समेत बताए ।
संघका पुर्व अध्यक्ष प्रेम बहादुर कटवाल,रोहन गुरुङलगाएतका बरिस्ठ ब्याबसायीहरुले अहिलेको समय लड्ने होईन मिलेर जानुपर्ने बताएका छन ।
अध्यक्ष गुरुङले जिल्ला प्रशासन कार्यालयले दिएको पाँच बुँदे निर्देशनलाई संघले सम्मानपूर्वक पालना गरिरहेको स्पष्ट पार्दै उक्त पत्रमा कतै पनि वर्तमान कार्यसमितिलाई अवैधानिक भनिएको वा अर्को समूहलाई आधिकारिकता दिइएको उल्लेख नभएको बताएका छन् । हुँदै नभएको विषयमा पनि हावादारी कुरा गरेर ब्याबसायी हित विपरित काम नगर्न र संघको लेटरप्याड दुरुपयोग नगर्न अध्यक्ष गुरुङले उक्त समुहलाई चेतावनी दिए ।
“हामीबिधि, विधान र कानूनी प्रक्रियाअनुसार अघि बढिरहेका छौं गुरुङले बताए । अहिले व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने समय होइन । हजारौं व्यवसायीको भविष्य जोडिएको संस्था र ब्याबसायीलाई जोगाउने समय हो,” गुरुङले भने ।
उनले संघ कुनै व्यक्तिको निजी सम्पत्ति नभई सम्पूर्ण व्यवसायीहरूको साझा संस्था भएको उल्लेख गर्दै व्यवसायीहरूलाई अफवाह र उत्तेजनाको पछि नलाग्न आग्रह गरेका छन् ।
यसबीच अध्यक्ष गुरुङले व्यक्तिगत पीडाका बीच पनि व्यवसायीहरूको हितका लागि निरन्तर सक्रिय रहेको विषयले समेत धेरै व्यवसायीलाई भावुक बनाएको छ । आफ्ना बुबाको निधनपछि काजकिरियामा बसेको अवस्थामै संघ र व्यवसायीहरूको समस्या समाधानका लागि मन्त्रालय र सरोकारवाला संस्था सँग निरन्तर संवादमा सक्रिय रहँदा पनि केही समूहले विवाद सिर्जना गर्न खोज्नु गैरजिम्मेवार कार्य भएको व्यवसायीहरूको भनाइ छ ।
गुरुङले भने, “म व्यक्तिगत रूपमा कठिन परिस्थितिमा हुँदाहुँदै पनि व्यवसायीहरूको भविष्य बचाउन र आफ्नो जिम्मेवारी पूरा गर्न बुवाको किरिया गरिरहदा पनि खटिरहेको छु । यस्तो अवस्थामा समेत संस्था भाड्ने प्रयास हुनुको मूल्यांकन मेनपावर व्यवसायीहरूले स्वयं गर्नुहुनेछ ।”
संघभित्र अहिले देखिएको अवस्था हेर्दा अध्यक्ष गुरुङ नेतृत्वको कार्यसमितिले सरकारसँग प्रत्यक्ष संवाद गर्दै वैदेशिक रोजगार क्षेत्र सुधारको स्पष्ट एजेन्डा अघि बढाइरहेको बेला केही समूह भने संस्थागत स्थायित्वभन्दा विवाद र विभाजनको राजनीतिमा केन्द्रित देखिएको व्यवसायीहरूको टिप्पणी छ ।
व्यवसायीहरूका अनुसार अहिलेको आवश्यकता आन्तरिक शक्ति संघर्ष होइन, सरकारसँग एकताबद्ध रूपमा उभिएर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउनु हो । यही कारण गुरुङ नेतृत्वले अघि सारेको एकता, संवाद र सुधारको अभियानलाई व्यवसायीहरूले सकारात्मक रूपमा लिएका छन् ।






