मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने

​वीरगञ्ज ९ भदौ

मुस्लिम धर्मावलम्बीहरूको पर्व मोहम्मद जयन्तीको अवसरमा भोलि (बुधबार) वीरगञ्ज महानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ।

​महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूमा भोलि एक दिन सार्वजनिक बिदा रहने जानकारी गराएको हो।

​प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखाका अधिकृत विजय कुमार गुप्ताद्वारा हस्ताक्षरित सूचनाअनुसार महानगरपालिकाको आदेश बमोजिम उक्त निर्णय गरिएको जनाइएको छ।

​यसैबीच, विद्यालयहरूमा बिदा दिइए तापनि वीरगञ्ज महानगरपालिका कार्यालयको दैनिक कामकाज भने नियमित रूपमा सुचारु रहने भएको छ। मधेश प्रदेश सरकारको सूचनाअनुसार महानगरपालिकामा कार्यरत मुस्लिम धर्मावलम्बी कर्मचारीहरूलाई मात्र विशेष बिदा उपलब्ध गराइने कार्यबाहक नगर प्रमुख इम्तियाज आलमको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।