रसुवा बाढीमा परेकाको राहत र पुनःस्थापनाका लागि हङकङबाट आकाश बञ्जाराद्वारा ५ लाखभन्दा बढी सहयोग, देश रोएको बेला सबैलाई सक्दो सहयोग गर्न आग्रह
रसुवा बाढीमा परेकाको राहत र पुनःस्थापनाका लागि हङकङबाट आकाश बञ्जाराद्वारा ५ लाखभन्दा बढी सहयोग, देश रोएको बेला सबैलाई सक्दो सहयोग गर्न आग्रह

काठमाडौं १२ भदौ
मातृभूमिमा विपद पर्दा विदेशमा रहेर पनि पीडितको दुःखमा साथ दिनुपर्छ भन्ने भावनाका साथ गैरआवासीय नेपाली अभियन्ता,व्यवसायी तथा समाजसेवी आकाश बञ्जाराले रसुवा बाढीपीडितका लागि ५ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
गोरखामा स्थायी घर भएका बञ्जारा लामो समयदेखि हङकङमा रहेर व्यवसायसँगै सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय छन्।
योग र साउण्ड हिलिंग साथै नेपाली हस्तकलाको माध्ययम बाट संसारभरि नेपालको नाम चिनाई रहेका बन्जाराले
रसुवामा बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्याउँदै स्थानीयवासी प्रभावित भइरहेका बेला उनले उनिहरुको घाउमा मल्हम लगाउने प्रयास गरेका छन ।
उन्ले बाढि पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु ५१११११ सहयोग गरेका हुन्।
बञ्जाराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत बाढीपीडितका लागि ४ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। त्यसैगरी गैरआवासीय नेपाली संघ हङकङको बाढी राहत कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन्। दुवै सहयोग गरी रसुवा बाढीपीडितका लागि उनको कुल सहयोग ५ लाख ११ हजार १११ रुपैयाँ पुगेको छ।
बञ्जारा ग्लोबल गोर्खा समाजका उपाध्यक्ष तथा फिने हङकङका संस्थापक अध्यक्ष हुन्। उनी हिमालयज क्राफ्ट हङकङ र नेपाल ,गोर्खाज फाइनान्स हङकङका निर्देशकसमेत हुन्। गैरआवासीय नेपाली अभियानमा समेत सक्रिय बञ्जाराले व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै आएका छन्।
रसुवामा आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै स्थानीयवासी विस्थापित र प्रभावित भएका छन्। विपद्को तत्कालीन अवस्थामा राहतसँगै प्रभावित परिवारको पुनःस्थापनाका लागि समेत ठूलो सहयोग आवश्यक रहेको भन्दै बञ्जाराले आफ्नोतर्फबाट सहयोग गरेका हुन्।
बञ्जाराले आफूले गरेको सहयोगलाई प्रारम्भिक राहतका रूपमा लिएका छन्। बाढी तथा पहिरोबाट भएको क्षतिको थप विस्तृत विवरण प्राप्त भएपछि पीडितको आवश्यकता र अवस्थाअनुसार थप सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
‘म जहाँ भए पनि देशलाई समस्या परेको बेला र देश रोएको बेला चुप लागेर बस्न सक्दिनँ,’ बञ्जाराले भने, ‘विपद्को समयमा पीडित परिवारलाई साथ दिनु मानवीय दायित्व हो। विदेशमा रहे पनि आफ्नो देश र नागरिकका लागि आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले यो सहयोग गरेको हुँ।’
उनले रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि व्यक्ति, व्यवसायी, संघसंस्था तथा गैरआवासीय नेपाली समुदायलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रहसमेत गरेका छन्।
बञ्जाराका अनुसार अहिले गरिएको सहयोग सुरुआती राहत हो। क्षतिको वास्तविक विवरण र पीडित परिवारको आवश्यकता थप स्पष्ट भएपछि राहत तथा पुनःस्थापनाका लागि थप सहयोग गर्ने उनको तयारी छ।
विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्मा सहयोग गर्ने क्रम पछिल्लो समय बढिरहेको छ। विभिन्न देशमा रहेका नेपाली व्यवसायी, सामाजिक अभियन्ता तथा गैरआवासीय नेपाली संघसंस्थाले रसुवा बाढीपीडितका लागि व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग गरिरहेका छन्। बञ्जाराको सहयोग पनि यही मानवीय अभियानको एउटा महत्वपूर्ण हिस्सा बनेको छ।






