भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

वीरगन्ज १३ भदौ 

भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको आकस्मिक कार्यपालिका (बोर्ड) बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो।
​बैठकले उक्त सहयोग रकम विभिन्न आन्तरिक स्रोतहरूबाट जुटाउने निर्णय गरेको छ।

​वडा कार्यालयहरू: महानगर मातहतका प्रत्येक वडा कार्यालयबाट १ लाख २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने।

​जनप्रतिनिधिहरू: महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूको १ महिनाको तलब तथा सेवा–सुविधा बराबरको रकम प्रदान गरिने।
​कर्मचारीहरू: महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट मुख्यसचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरिने।

बाढीका कारण जनधनको ठूलो क्षति व्यहोरेका भोटेकोसीका नागरिकलाई विपद्को यस कठिन समयमा राहत र पुनरुत्थानमा मद्दत पुगोस् भन्ने उद्देश्यले आकस्मिक बैठक डाकेर सहयोगको निर्णय गरिएको कार्यवाहक नगर प्रमुख आलमले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।