माओवादी केन्द्र का वडाअध्यक्ष पदका उमेदवार फते आलम अंसारी लोकप्रिय बन्दै

वीरगञ्ज १५ बैशाख

स्थानीय तहको चुनाव नजिकिदै जादा वीरगञ्ज महानगरपालिका वडा नं.१४ का समाजसेवी तथा युवा नेता लोकप्रिय बन्दै गएका छन् ।

बिगत केही बर्ष देखि वडा मा जनताको सेवामा समर्पित हुदै आएका युवा नेता आउने बैशाख ३० गते को चुनावमाको लागि वडा अध्यक्ष का उमेद्वारी दिएका छन्। यसपाली भ्रष्टाचार गर्ने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिन लागेको युवा नेता अंसारीले बताए ।

अंसारी राजनीति पेशामा आबद्ध भइ वडा नं.१४ का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको अंसारी यसपालिको वडा अध्यक्ष हुने स्थानीयवासीले ठोकुवा समेत गर्न थालेका छन् ।

वडा नं १४ का निर्वाचित अध्यक्षले हालसम्म जनताको निमित खासै केही देखने लायक काम गर्न नसकेको गुनासो युवाहरुले गरेका छन ।

यसपालिको निर्वाचनमा,युवाहरूको ढुकढुकी मिहिनेती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल युवा युवा नेता फते आलम अंसारी नै रोज्ने स्थानीयवासीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।