अमेरिकासँगै नेदरल्याण्ड र जापानले पनि चीनमा चिप निर्यात प्रतिबन्ध गर्दै

चिप नियन्त्रणको विषयमा तीन पक्षबिच भएको वार्ता गोप्य रहेको बताइएको छ । ब्लूमबर्ग रिपोर्टले यी प्रतिबन्धहरू लागु गर्ने तर, सार्वजनिक घोषणाको लागि कुनै योजना नरहेको जनाएको छ।

यसअघि वाशिङटनकै अनुसार चीनमा डच र जापानी निर्यात नियन्त्रण जनवरीको अन्त्यसम्ममा टुंगो लाग्न सक्ने रिपोर्ट आएका थिए।

तीन देशका लिडरहरू जापानका प्रधानमन्त्री फुमियो किशिदा, नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टे र अमेरिकी राष्ट्रपति जो बाइडेनले यस महिनाको सुरुमा चीन विरुद्ध निर्यात नियन्त्रण लगाउने योजनाबारे छलफल गरेका थिए।

ब्लूमबर्गका अनुसार जापान रनेदरल्याण्डले चीन विरुद्धको प्रतिबन्ध अमेरिकाको जस्तै नबनाए पनि यसले बेइजिङलाई सबैभन्दा उन्नत प्रकारका सेमी कन्डक्टरहरू निर्माण गर्ने प्रविधिबाट टाढा पार्ने भने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।