नाइजेरियाको ‘नेसनल डिफेन्स कोर्स’ टोली र नेपाली सेनाबीच अन्तरक्रिया

काठमाडौं। नेपाल भ्रमणमा रहेको नाइजेरियाको ‘नेसनल डिफेन्स कोर्स (एनडीसी)–३०’ मा सहभागी शिक्षार्थी तथा ‘फ्याकल्टी मेम्बर’हरु सम्मिलित टोलीले जंगी अड्डाको भ्रमण गरेको छ।

भ्रमण टोलीका ‘हेड अफ डेलिगेसन ब्रिगेडियर जनरल अलेचेनु मिक अलेचेनु’ ले आजै प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट समेत गरेका छन् ।

जेठ २२ गतेदेखि ‘टुरिज्म डेभलपमेन्ट इन नेपाल एण्ड लेसन फर नाइजेरिया’ भन्ने थिममा आधारित रही नेपाल भ्रमणमा रहेको नाइजेरियाको टोलीले नेपाली सेनासँग अन्तरक्रिया कार्यक्रम गरेको हो।

भ्रमणदलसँग जंगी अड्डामा नेपाली सेनासँग सम्बन्धित विषयहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।