“जुल्मी दहेज” को असार २५ गते च्यारिटी शो त्रिमुर्ती सिनेमा हलमा हुने

वीरगंज २१ असार

समाजिक विकृती दहेज प्रथा, लैङ्गिक विविधता र बाल विवाहलाई मुल मुद्धा बनाई निर्माण भएको भोजपुरी फिल्म “जुल्मी दहेज” को एक दिने च्य्यारिटी शो वीरगंजको त्रिमुर्ती सिनेमा हलमा प्रदर्शन हुने जनाईएको छ ।

वीरगंजेली कलाकारहरुको अभिनय रहेको “जुल्मी दहेज” फिल्म यहिं असार २५ गते च्यारिटी शो प्रदर्शन हुन लागेको उक्त फिल्म निर्माण कम्पनी बाबा बी फिल्मले जनाएको छ ।

वीरगंज क्लेज प्रा.लि.को सभाहलमा आयोजित पत्रकार सम्मेलनमा फिल्म र प्रदर्शन बारे जानकारी गराईएको हो । च्यारिटी शोका लागि टिकेट शुल्क पनि निर्धारण गरिएको छ । दुई शो प्रदर्शनको मौका प्राप्त गरेको ’जुल्मी दहेज’ हेर्नका लागि चार किसिमको टिकेट निर्धारण गरिएको छ ।

बिहान ८ बजेको विद्यार्थी शोका लागि १५० र २०० को टिकेट र अन्य सर्वसाधारणको लागि १२ बजेको शो मा २०० र ३०० मुल्य पर्ने टिकेट लाग्ने जनाईएको छ ।

बाबा बी फिल्मले निर्माण गरेको यस फिल्मलाई च्यारिटि शो प्रदर्शन गर्न पाएकोमा खुशी हुँदै निर्माण कम्पनिले फिल्म र प्रदर्शन बारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

नेपालको तराई भुभाग, पहाडि भुभाग एवं छिमेकी भारतको बिहारमा समेत छायांकन गरिएको फिल्मका निर्देशक कृष्णा पण्डितले बताउनु भयो ।

पत्रकार सम्मेलनमा पण्डितले “नाफा मुलक नभई पुरै समाजिक जनचेतनाको लागि मिल्म निर्माण गरिएको छ” भन्दै ४ जनाको संयुक्त लगानी रहेको ’जुल्मी दहेज’ निर्माण गर्न १८ लाख ८५ हजार लागत लागेको बताए ।

भुवन पण्डित, ज्ञानेन्द्र सिंह, मुन्ना मुस्कान र सुरेन्द्र यादवको संयुक्त लगानी रहेको फिल्मका निर्देशक पण्डितले जानकारी दिनुभयो ।

फिल्म भोजपुरी भाषामा निर्माण गरिएको निर्देशक पण्डितले बताउनु भयो । २ घण्टा १० मिनेट लामो फिल्ममा ४ वटा गीत समावेश गरिएको पनि निर्माण कम्पनिले जनाएको छ ।

कृष्ण हमराहिले लेख्नु भएको फिल्ममा मुन्ना मुस्कानले संगित दिनु भएको छ । फिल्मको मुख्य भुमिकामा मुन्ना मुस्कान, श्रुति सहनी, स्नेहा चौधरी, मुखलाल प्र. साह, ज्ञानेन्द्र सिंह, भागिरत साह, संगिता तिवारी, सुरेन्द्र यादव, नेहा यादव, सन्तोष कुमार, नितेश निर्मल लगायतका वीरगंजेली कलाकारहरुलाई देख्न पाइन्छ ।

उक्त च्यारिटी शो बाट प्राप्त भएको रकमको केही अंश समाजिक कार्यमा समेत लगानी गर्ने निर्माण पक्षले उद्धघोष गरेको छ ।

यो भन्दा पहिला बाबा बी फिल्मले माई हई ममताके दरिया, सपना द ड्रीम्स लगायतको छोटो फिल्म एवं दर्जनौं म्युजिक भिडियो निर्माण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।