अधिवक्ता कुर्मी पर्साको क्षेत्र नं. २ बाट जसपाबाट संघिय सांसदका उम्मेदवार

बीरगंज, पर्सा
पर्साको क्षेत्र नं. २ बाट अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको संघिय सांसदमा जसपाबाट नाम सिफारिस भएको छ । विगतको चुनावलाई हेर्दा त्यो क्षेत्रबाट जसपाका उम्मेदवार नै जितेको थियो । हाल स्थानिय निर्वाचनबाट पनि बीरगंज महानगरपालिका र बहुदरामाई नगरपालिकामा जसपाको मेयर नै जितेको रहेछ ।
पर्सा क्षेत्र नं. २ मा जसपाको बाहुल्य भएको हुनाले जसपाका उम्मेदवार नै जित्ने प्रबल संभावना देखिएकोले र अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको आफ्नो छवि र जनतामा राजनितिक र समाजिकमा बढि योगदान रहेको सो क्षेत्रका बासिन्दाको भनाई पनि रहेको छ ।
अधिवक्ता कुर्मीको पारिवारिक पृष्ठभुमि पनि हेर्दा राजनितिक र समाजिक रहेको पर्सावासि बीच सर्वविदितै छ । वहाँको बुवा गोकुल प्रसाद कुर्मीलाई बीरगंज र पर्सा जिल्लामा एउटा असल राजनितिक र समाजिक पहिचान रहेको सबैलाई थाहा नै छ ।
अधिवक्ता कुर्मी विगत ३ दशक देखि मधेसवादको राजनितिक र समाजसेवा गर्दै जनतालाई थप सहयोग र हक अधिकारका लागि कानुनी अडचनलाई सुधार गर्दै समाज र देश विकासमा टेवा पुग्ने आशाका साथ उनी सांसदका उम्मेदवार हुन लागेका छन् ।
सो क्षेत्रका जनताले पनि अधिवक्तालाई सघाउने प्रतिबद्धता जनाए पछि नै वहाँले सांसद पदमा उम्मेदवारी दिन लागेको र जित पनि निश्चित नै रहेको हुनाले आफ्नो वकालत पेशालाई अहिले थाती राखि जनताकै लागि सत्ताबाट समाधानका लागि अगाढि आउनु भएका छन् ।
मधेसवादको राजनीतीमा लागेको वहाँ वकिल भएर पनि जेल बस्नु परेको थियो । र आज वहाँ सांसदको उम्मेदवार बनेर पर्सा जिल्लावासीका लागि तयार भएको र आफ्नो वकालतलाई फेरि थाँती राखि जनताका लागि सत्तामा जान मन देखाएपछि जनताले हर्षौउल्लासका साथ वहाँलाई सघाउने प्रतिबद्ध देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।