७ दिने भ्रमणका लागि आज भारत जाँदै नेसपा अध्यक्ष भट्टराई

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई आज भारत जाँदैछन्।

पार्टीको प्रवास कमिटीको निमन्त्रणामा भट्टराई ७ दिने भ्रमणका लागि आज भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने भट्टराईको सचिवालयले जानकारी दिएको छ।

भारत बसाईका क्रममा भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुनेछ। उनी असोज ५ गते स्वदेश फर्कनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।