सिरसागज्जमा निर्माणधिन रामचरित्र मानस बाटिकामा बन्दै मिथिला बाटिका
सिरसागज्जमा निर्माणधिन रामचरित्र मानस बाटिकामा बन्दै मिथिला बाटिका

बिराटनगर ९ पुस
भारतको उत्तर प्रदेशको फिरोजावाद जिल्लाको सिरसागञ्जमा निर्माणाधिन रामचरित्र मानस बाटिकामामा मिथिला बाटिका पनि बनाइदैछ । सो मिथिला बाटिकाका लागि जनकपुरधामबाट वृक्षको माँग भएपछि दूईजनाको टोलीले आज विरुवा लगेका छन् ।
पर्यावरण अभियानसंग जुडेका सुरेश शर्मा र सदीप मण्डलले सो वृक्ष जनकपुरधामबाट लगेका छन् । बृक्षमानवका रुपमा चर्चित शर्मा मधेश प्रदेश वन निर्देशनालयमा कार्यरत रहेका छन् भने मण्डल दूधमती नदी सरोकार समाजका अध्यक्षका साथै सामुदायिक विद्यालयमा शिक्षक रहेका छन् । उहाँहरुले शिवलिङ्गी, रुद्राक्ष, चन्दन, रक्तचन्दन, तेजपात, आँप, बेल पारिजात र चम्पा लगेका छन् ।
जनकपुरधामबाट बिरुवा लगिएको टोलीलाई डिभिजन वन कार्यालय धनुषामा प्रदेश सांसद रामअशिष यादव सहितका व्यक्तिहरुले विदाइ गरेका छन् । विदाइ अवसरमा प्रदेश वन निर्देशनालयका निमित प्रमुख सुजीतकुमार झा, डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंह, कमला बचाउ अभियानका संयोजक बिक्रम यादव सहितका व्यक्तिहरु सहभागि थिए ।
बिरुवाहरू रोपिए पश्चात् त्रेता युगकालीन दैविय, रमणीय र स्वच्छ वातावरणको अनुभूति दिलाउने जानकारी वृक्षमानव शर्माले दिएका छन् ।
यता उत्तर प्रदेशको इटावा जिल्लामा पर्ने प्रदेशकै प्रसिद्ध स्कुल पान कुवँर इन्टरनेसनल स्कुल द्वारा आयोजना हुने छात्र पर्यावरण संसदमा वृक्षमानव शर्माले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने बताइएको छ






