मनिष यादवको अध्यक्षतामा विद्यार्थी मोर्चाको काठमाडौं उपत्यका कमिटी गठन

काठमाडौं । आम जनता पार्टी (आजपा)निकटको आम विद्यार्थी मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी पुनर्गठन गरिएको छ । १ सय ७ सदस्यीय सो कमिटीको अध्यक्षमा मनिष यादव रहेका छन् ।
आम विद्यार्थी मोर्चा काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज आलोक साह (प्रिन्स) र सहइन्चार्ज पायल ठाकुरका अनुसार कमिटीको उपाध्यक्ष साहिल साह, अभिषेक अधिकारी, सुवाश राय यादव, उमेद महतो, सचिवमा प्रभात साह (धिरेन्द्र) रहेका छन् ।
यस्तै सहसचिवमा दिलिप साह, रुपेशकुमार यादव, अस्मिता सिंह, मनिष महतो र कोषाअध्यक्षमा अनिशा जयसवाल रहेका छन् । आम विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साह र महासचिव प्रदिप साहले जारी गरेको बिज्ञप्तीमा सदस्यहरुमा प्रिन्स साह, ज्ञानेन्द्र यादव, रोहित यादव, रोमित केसी, लव यादव, मो.तौसिर राजा, अनुराग सिंह रहेका छन् ।
यसैगरी सदस्यहरुमा आर्यनकुमार कुशवाहा, रोहित कुशवाहा, बिनोद केसी, दिपेन कुँवर, आयु यादव, मनिष दोंग, प्रशान्त साह (सोनु), जसमन्त राय यादव, राहुल यादव, उमेद महतो, गजेन्द्र जयसवाल, राजेश साह, श्रीपुजन साह, राहुल साह, अनिश साह, बिभुषण दाहाल, सुसन सुवेदी, करण पन्जियार, पिंकी झा, निरज यादव, शेषनारायण यादव, अरुण साह, ऋतिक यादव, सिद्धार्थ सिंह, निशान्त साह, प्रियांशु नायक, अभिनित ठाकुर, जसिम साफी लगायतका रहेका छन् ।
विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने, विद्यार्थीलाई स्वदेशमै गणुस्तरीय शिक्षा दिनुपर्ने, अध्ययन पुरा गर्नेलाई स्वदेशमै रोजगारको व्यवस्था हुनुपर्ने लगायतका माग गर्दै सडक संघर्ष गर्ने निष्कर्ष समेत निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।