बिरगंज महानगर पालिकाले गरायो रोजेदार हरु लाई दवत ए इफ्तार

बिरगंज महानगर पालिकाले गरायो रोजेदार हरु लाई दवत ए इफ्तार

वीरगंज ८ चैत्र

वीरगंज महानगर पालिका ले आयोजना गरेको दावत ए इफतार समारोह सम्पन्न भेको छ। इस्लाम धर्मावलम्बीको पवित्र पर्ब रमजानको रोजा बसेका रोजेदार मुस्लिम धर्मावलम्बीहरुका लागि शुक्रबार साँझ बिरगंज महानगरपालिकाले संयुक्त इफ्तारी समारोह सम्पन्न भएको हो । आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजित संयुक्त इफ्तारी बिरगंज महानगरपालिकाका ३२ वटै वडाबाट गरी ५ हजार भन्दा बढी मुस्लिम धर्मावलम्बीहरु सहभागीता रहेको थियो।

उक्त इफतार समारोह मा सहभागी मुस्लिम धर्मावलम्बीहरुलाई महानगरपालिकाले विभिन्न परिकारका साथै जलपान ग्रहण पनि गराएको थियो ।

संयुक्त इफतारी समारोहमा आँफै पुगेर मेयर सिंहले मुस्लिम धर्मावलम्बीहरुलाई रमजान पर्बको शुभकामना आदान प्रदानपनि गरे ।मेयर सिंहले आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न आँफु हिन्दु धर्मावलम्बी भएतापनि मुस्लिमहरुको मुख्य पर्ब रमजानको उपलक्ष्यमा इफ्तार आयोजना गरिएको बताए ।त्यसै गरि बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले आपसी सद्भाव कायम रहोस र एक अर्काको धर्म र पर्बप्रति सम्मान गर्दै आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्न मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा महानगरपालिकाले तीन बर्षदेखि निरन्तर रमजानमा संयुक्त इफ्तारी समारोह आयोजना गर्दै आएको उप प्रमुख इम्तियाज आलम ले बताए ।

इफ्तारी समारोहमा महानगरका प्रमुख रजेशमान सिंह उप प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, विभिन्न वडाका वडाध्यक्षहरु,अन्य धर्मका अगुवा,महानगरपालिकाका कर्मचारी लगायतको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।