नेजपाको कलैयामा अगुवा कार्यकर्ता भेला सम्पन्न

नेजपाको कलैयामा अगुवा कार्यकर्ता भेला सम्पन्न

कलैया १० सावन

नेपाल जनता पार्टी बारा जिल्ला समितिले आज कलैयामा अगुवा कार्यकर्ता भेला सम्पन् गरेको छ। जिल्ला भरी बलियों संगठन विस्तार गर्ने, मिशन २०८४ चुनाव, हिन्दू राष्ट्र नेपाल स्थापना आन्दोलनमा अग्रणी भूमिका, तीन तहमा नेजपा सरकार, पार्टीको नीति र सिद्धांत बारे जनजागरण,सनातन हिन्दू धर्म रक्षा,धर्म परिवर्तन,गौ हत्या,लब जिहाद, कालोबजारी, सरकारी कार्यालयमा अनियमिता लगाएंतको विषयमा बृहत छलफल एवं विचारबीमर्श भएको थियो।

अगुवा कार्यकर्ता भेलामा नेपाल जनता पार्टीको केन्द्रीय वरिष्ठ नेता संतोष पटेल, केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जयसवाल, केन्द्रीय सदस्यहरु प्रहलाद साह कलवार, गोपाल दास, बैजनाथ चौधरी, बारा जिल्ला उपाध्यक्ष प्रमानंद दास, जिल्ला सदस्यहरु लालाबाबू पटेल, जगदीश यादव, अवध यादव,महिला मोर्चा बारा जिल्ला अध्यक्ष तारा देवी, वरिष्ठ सल्लहकार गौरीशंकर मिश्रा, नेजपा पर्सा जिल्ला सदस्य पीयूष गुप्ता लगाएतकाले आ- आफनो विचार व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।